१० उत्तर कोरियाली सैनिक रुसी पक्षमा लड्दा मृत्यु भएको दक्षिण कोरियाको दाबी
काठमाडौं । दक्षिण कोरियाले रुसको पक्षमा युद्धमा सहभागी भएका कम्तिमा १० उत्तर कोरियाली फौजहरु मारिएको दाबी गरेको छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार दक्षिण कोरियाली सांसद लि सुङ क्वुङले संसदमा पत्रकारहरुसँग बोल्दै यस्तो बताएका हुन् ।
साथै, उनले १ हजार उत्तर कोरियाली सैनिकहरु घाइते भएको पनि बताएका छन् । जमिनको अज्ञानता र ड्रोन युद्धले गर्दा उत्तर कोरियाली हताहती भएको उनले बताएका छन् । पश्चिमा मिडियाहरुमा युक्रेन र दक्षिण कोरियाली स्रोतको हवाला दिएर उत्तर कोरियाली सैनिकहरु रुसी भूमिका दश हजार संख्यामा पुगेका समाचारहरु सार्वजनिक भएका थिए ।
तर, रुस र उत्तर कोरिया दुवै पक्षले यसको औपचारिक पुष्टि भने गरेका छैनन् । बीबीसीका अनुसार अमेरिकी सरकारी अधिकारीहरुले पनि उत्तर कोरियाली मारिएको बताएका छन् ।