कोशी सरकार बेथितिमा चल्यो : माओवादी केन्द्र (भिडिओ)
प्रदेश सभा बोलाउन माग
विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले प्रदेश सभा बोलाउन माग गरेको छ ।
दलका नेता इन्द्र आङवोले पत्रकार सम्मेलन गर्दै सरकार बेथितिपूर्ण ढङगले चलेको भएपनि ससदमा जनताले थाहा पाउने गरि बहस गर्न चाहेको बताए । उनले सरकार जनताका बीचमा पुग्न नसकेको भन्दै सदन मार्फत यो कुरा माओवादीले भन्न चाएको बताए ।
उनले सरकार सन्चालनका लागि बनेको दुई दलिय संयन्त्र संविधान र कानून विपरीत भएको दाबी गरे । उनले संविधान र कानूनमै नभएको बजेट पुनरावलोकनको विषयमा संयन्त्रले फर्मान जारी गरेको आरोप लगाए । उनले भने संविधान र कानूनले नचिनेको मान्छेले बजेट पुनरावलोकन गर्ने फर्मान गरेकाले माओवादीले प्रतिवाद गर्छ ।
सम्सदले पास गरेको बजेट कसैले भन्दैमा पुनरावलोकन नहुने आङवोले बताए ।उनले प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनका विषयमा पनि अन्यौलता भएको बताए । उनले भने प्रदेशमै पहिलो चोटी हुन लागेको लगानी सम्मेलन एउटा निजी संस्थालाई दिन लागिएको छ ।यसले लगानी सम्मेलन सफल हुँदैन ।
उनले सरकारले नै लागानि सम्मेलन गर्न पर्छ । निजी संस्थालाई कार्यक्रम गर्न दिएर निजी संस्थालाई नै सरकारले जुधाएको छ यो राम्रो होइन । आङ्वोले बहु चर्चित जापन काण्डका बिषयमा समेत सरकारको धारणा माग गरेका छन् ।
किन माओवादीले लुटन पाएन ? यो एमाले नेतृत्वको सरकार हो । माओवादीले लुटने सपना पनि नदेखे हुन्छ । किन छटपटाएको ?
सुन तस्करीमा प्रचण्डको समेत संलग्नता भन्दा तिम्रा सुप्रिमोको राजिनामा माग्यौ ? उनले राजिनामा दिए ? सबै माओवादी नेता सुन तस्करीमा संलग्न रहेछन् । राजिनामा माग्यौ? यस्ता फटाहा कुरा गर्ने ? लाज शरम लाग्दैन ?