समय नचिनेका माधव र समयमा नचलेका वामदेवबीच पुनर्मिलनको घडी
घडीले समय दिन्छ, यो उसको एकमात्र र अन्तिम शर्त हो । त्यसो त बिग्रिएको घडीले पनि २४ घण्टामा दुई पटक सही समय दिन्छ, तर बिग्रिएपछि घडी थन्क्याइन्छ र हातमा अर्कै बाँधिन्छ ।
राजनीतिसँग घडीको नाता घनिष्टमात्र हैन, अपरिहार्य छ । २०७७ सालको पुस ५ गतेसम्म नेपाली राजनीतिमा वामदेव गौतम भन्ने ‘घडी’ को महत्व जे थियो, ६ गतेदेखि त्यस्तो रहेन । घडी बन्द भयो, बिग्रियो । हामी ‘वामदेव’ ब्रान्डको घडी पहिरिनेका शान र मान अलग्गै थियो, तर पुस ५ मा बन्द भयो । त्यसपछि हाम्रा नाडीमा अर्कै घडी बाँधियो । त्यसको नाम ‘प्रचण्ड-माधव समूह’ भयो ।
आज वामदेव भन्ने घडी बौरिँदैछ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले निर्णय गरेरै उनीसँग कुरा गर्ने भनेको छ । उनी चाहिँ ‘मलाई काम चाहियो’ भन्दै एमालेको च्यासल मुख्यालयसम्म पुगे । काम दिएन । अब उनी एकीकृत समाजवादी हुन्छन् कि एमाले, त्यो उनको तजबिजको कुरा हो, तर राष्ट्रिय राजनीतिमा ‘वामदेव’ भन्ने घडीले समय दिने संकेत गरेको छ । त्यो घडीको चाल चल्यो र ग्रीनविच टाइमसँग मेल खायो भने राजनीति अनेक ढर्राले तरंगित हुन्छ ।
भलै हिजो ‘वामदेव’ घडी पहिरिनेहरु सबै एकातिर छैनन् । सबैले रुचिअनुसारको घडी फेरिसके । धुकधुकी जोगाएर बसेका डीबी कार्कीहरुले उनलाई ढिलै भए पनि बौराउन सफल भए । उनीहरुलाई शुभकामना छ ।
आज वामदेव भन्ने घडी बौरिँदैछ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले निर्णय गरेरै उनीसँग कुरा गर्ने भनेको छ । उनी चाहिँ ‘मलाई काम चाहियो’ भन्दै एमालेको च्यासल मुख्यालयसम्म पुगे । काम दिएन ।
वामदेव एकीकृत समाजवादीमा गए भने उक्त पार्टीका निम्ति त्यो घटना एउटा ‘प्राण’ का रुपमा हाजिर हुन्छ । हुने अरु केही होइन, तरंग चाहिँ छाउँछ । वामदेव लागिदिएर न लाखापाखा भएका उनका सबै मान्छे एक ठाउँमा आउने हो न त वामदेव समाजवादी भयो भनेर एमाले पंक्तिबाट मेची-महाकाली उर्लिएर त्यता जाने हो । वामदेव भनेको राजनीतिक बजारमा बिक्री हुने बोली र व्यक्तित्व हो ।
‘नाम हो या बदनाम हो पर गुमनाम न हो’ भने जस्तो नेपाली समाजमा एकीकृत समाजवादीको नाम, बदनाममध्ये जे जति छ, वामदेव हुँदा गुमनाम चाहिँ हुँदैन । त्यसैले घडी चल्दा समय दिन्छ, समयले तरंग ल्याउँछ भन्नेमात्रै हो । त्यो कुरा पनि एकीकृत समाजवादीका निम्ति ‘ठूलो’ हुन्छ । तसर्थ माधव नेपालहरुले आफ्नो पार्टीलाई चर्चाभित्रै राख्नुछ भने पनि वामदेवका निम्ति रातो कार्पेट ओछ्याए फरक पर्र्दैन ।
‘माल पाएर चाल पाइएन’ भने व्यर्थ हुन्छ । यो पनि समयसँगै जोडिएको कुरा हो । जनतामा एक किमिसको आकर्षण पैदा गर्नसक्ने पात्रलाई एकीकृत समाजवादीले विगतमा जति सदुपयोग गर्नुपर्थ्यो, सकेन । जस्तो कि रामकुमारी झाँक्री । सत्य के हो भने सडकमा माधव नेपाल, झलनाथ खनालहरुसँगै रामकुमारी झाँक्री निस्किँदा माधव र झलनाथभन्दा बढी मानिस रामकुमारीसँग झुम्मिन्छन् । किनभने आजका आममानिसले इतिहास र योगदान पढेर नेता मान्ने-नमान्ने हैनन् । उनीहरुले तत्कालीन घटनाक्रममा आधारित भएर नेताबारेका धारणा बनाउने हुन् ।
२०२७ सालको झापा विद्रोह, कोअर्डिनेशन केन्द्र, २०३६ सालको विद्यार्थी आन्दोलन र २०४६ सालको संयुक्त जनआन्दोलन इतिहासका गौरवलायक घटना हुन्, तर समकालीन पुस्ता त्यता जाँदैन । त्यो पुस्ताले बढी सोधखोज गर्यो भने २०६२/०६३ को जनआन्दोलन बुझ्ने हो । त्यतिबेला जन्मिएका मानिस आज १८-१९ वर्षका भए । ती यो देशका मतदाता हुन् । जसले जेसुकै भने पनि बढीमा ३०-३५ वर्ष उमेर समूहका युवाका बीचमा जसको आकर्षण छ, उही राजनीतिमा हावी हुन्छ । त्यसैले आजको राजनीतिक बजारमा माधव नेपालभन्दा रामकुमारीका फ्यान बढी छन् ।
आजको बजार रामकुमारीहरुको हो । एकीकृत समाजवादीले उनलाई एकपछि अर्को गर्दै रुवाइरह्यो । रुँदैरुँदै उनले सबै घटना सहिरहिन्, तर रुवाउनेहरुलाई धोका दिएर हैन, आँसु पुछेर साथ दिँदैछिन् ।
शंका छैन, राजनीतिमा लागेर माधव-झलनाथले आफ्नो जीवन र जवानी भनेनन् । पूरै आन्दोलनका निम्ति समर्पण गरे । उनीहरुले त्यति नगरिदिएको भए २०४६ को परिवर्तन र एउटा ख्यातिप्राप्त कम्युनिष्ट पार्टीको निर्माण हुन्थ्यो कि हुँदैन थियो ? यी प्रश्न जीवित हुन्थे । आजको बजार रामकुमारीहरुको हो । एकीकृत समाजवादीले उनलाई एकपछि अर्को गर्दै रुवाइरह्यो । रुँदैरुँदै उनले सबै घटना सहिरहिन्, तर रुवाउनेहरुलाई धोका दिएर हैन, आँसु पुछेर साथ दिँदैछिन् ।
यदि समयमै चाल पाएको भए रामकुमारीबाट आजसम्म उक्त पार्टीले अनेकथोक आर्जन गर्न सक्थ्यो । गरिमा शाह सुदूरपश्चिको इञ्चार्ज भइन्, तर ‘अनररी इन्चार्ज’ जस्तो । यदि लुम्बिनीमा रामकुमारीलाई बनाइएको भए उनी चाहिँ ‘एक्ज्युकेटिभ इन्चार्ज’ हुन्थिन् । त्यहाँका स्थापित युवा कम्युनिष्ट राजु गुरुङहरु पनि आज पार्टीमै हुन्थे । सरिता श्रीस जस्ता नयाँ छिमलका थुप्रै युवायुवती एकीकृत समाजवादीमै लामबद्ध हुन्थे । स्वयं रामकुमारीले गुल्मीमा गोकर्ण विष्टसँग झिनो मतान्तरले चुनाव हार्नुपर्ने थिएन, तर ‘माल छ’ भन्ने कुराको चाल पार्टीले ढिलो पायो । त्यहाँ बिग्रिने कुरा बिग्रिसक्यो । अब सपार्ने मौका थोरै छ ।
हिन्दीमा भनिए जस्तो ‘समय-समय कि बात है ।’ १२ बजे गर्नुपर्ने काम साढे ११ बजे गरेर हुँदैन । १२ बजेर पाँच मिनटमा गर्छुभन्दा पनि हुँदै । १२ बजेको काम १२ बजे नै गर्नुपर्छ । माधव नेपालको कमजोरी हो कि उनी समयलाई ‘समय’मै चिन्दैनन् । २०७७ सालको फागुन-चैतमै फुटाइसक्नुपर्ने पार्टी २०७८ सालको भदौमा फुटाए । भदौसम्म पुग्दा आधाउधी मान्छे फाटिए । कतिले उनलाई पत्याएनन् । कतिका कुनै उपाय थिएन र उनीसँग लागे । कतिपयले बल गरेर भए पनि विभाजनमा पुर्याउनुपर्छ भने ।
२०७७ सालको फागुन-चैतमै फुटाइसक्नुपर्ने पार्टी २०७८ सालको भदौमा फुटाए । भदौसम्म पुग्दा आधाउधी मान्छे फाटिए । कतिले उनलाई पत्याएनन् । कतिका कुनै उपाय थिएन र उनीसँग लागे । कतिपयले बल गरेर भए पनि विभाजनमा पुर्याउनुपर्छ भने ।
२०७९ को चुनावमा एमालेले जहाँबाट भए पनि टिकट दिएको भए आज माधव नेपालको पोल्टामा ‘वौद्धिक र तार्किक’ नेता पर्ने थिएनन् । घनश्याम भुसाल नेपालको राजनीतिमा वैचारिक दृष्टिकोणमा ‘विकाउ’ माल हुन्, ‘टिकाउ’ हैनन् । उनका तर्कपूर्ण र गहन अध्ययनशीलताको लाभ राजनीतिमा रुचि राख्नेहरुले मनग्यै लिएका छन्, तर टिकाउ भएनन् । टिक्ने भए उनी १० बुँदेको फण्डामा लाग्ने नै थिएनन्, शुरुदेखि माधवसँगै हुन्थे । फेरि एमाले भएर टिकट नपाएपछि माधवसँग फर्किने पनि थिएनन् । उनी एउटा ‘पोलिटिकल ग्ल्यामरस’, अर्थात् आकर्षणका पात्र हुन् भन्नेमा शंका छैनन् । घडी बन्द गरेर एमाले भए । घडी बौरिँदा माधव नेपालतिर जानुपर्छ भन्ने बुझेर गए, तर उनी गए, बाँकी कोही गएनन् । नामहरु यहाँ नलेखौं । नेताले समय नचिन्दा, समयसम्मत नचल्दा नेपाली राजनीतिले थुप्रै क्षति व्यहोरेको छ ।
जतिबेला एमाले विभाजित भइरहेको थियो, समय त्योभन्दा फरक किसिमले अगाडि बढिसक्यो । पहिलो संसद विघटनमा चुपचाप बसेको र दोस्रो विघटनमा सडकमा ओर्लिएको नेपाली कांग्रेस आज एमालेको सत्ता सहयात्री छ । २०७८ सालमा माधव नेपालले फ्लोर क्रस गरिदिएर शेरबहादुर देउवा प्रधानमन्त्री बनेका हुन् । माधवहरुले त्यसो गरिदिँदा घाटमा पुगिसकेको कांग्रेस बौरियो । त्यसबापत २०७९ सालको आमनिर्वाचनमा कांग्रेसले माधवका निम्ति देशभरका २० वटा प्रत्यक्ष सीट छाडिदियो । १० वटामा जित्यो । एउटा पनि जित कांग्रेसका साथविना सम्भव थिएन । आखिर माधवहरुले कांग्रेसलाई एकचोटी न गुण लगाएका थिए । त्यो गुणको बदलामा कांग्रेसले पनि एकचोटी गुन लगाइदियो । एकचोटीको गुण तिरेपछि फेरि-फेरि पाइराखिन्छ भनेर आश गर्नुहुँदैन । किनभने समयसँगै सन्दर्भहरु तलमाथि परिरहन्छ ।
पहिलो संसद विघटनमा चुपचाप बसेको र दोस्रो विघटनमा सडकमा ओर्लिएको नेपाली कांग्रेस आज एमालेको सत्ता सहयात्री छ । २०७८ सालमा माधव नेपालले फ्लोर क्रस गरिदिएर शेरबहादुर देउवा प्रधानमन्त्री बनेका हुन् । माधवहरुले त्यसो गरिदिँदा घाटमा पुगिसकेको कांग्रेस बौरियो ।
घाटतिर लगिँदै गरेको कांग्रेसलाई जीवनबुटी दिन माधव नेपालले पार्टी फुटाइदिए । त्यसपछि कांग्रेसको तर्फबाट लेनादेन राफसाफ भइसक्यो । अब फेरि फेरि पनि ऊबाट आश नगरे हुन्थ्यो । किनभने आज उसको घनिष्टता एमालेसँगै छ । देउवा त्यहाँ छन्, जहाँका मूली माधवहरुलाई मिल्ने भए देश र धर्तीबाटै निकाला गर्न तयार छन् ।
हिजो चाहिनेभन्दा बढी प्रचण्डको पछि लाग्दा उनले २०८० फागुनमै माधवहरुलाई लात मारे । आफू एमालेसँग मिल्न गए । त्यसपछि सरकार बनाउन संख्याका लागि घरघरमा धाए । काम लिएपछि माधवको कुनै मूल्य स्वीकारेनन् । एमाले-कांग्रेस मिलेर २०८१ असारमा माओवादीलाई जोर लात्ती हान्दा त्यसको मारमा माधवहरु नै परे । प्रचण्डको आड भरोसामा पार्टी फुटाई-फुटाई शेरबहादुरलाई प्रधानमन्त्री बनाएबापत अहिले एकीकृत समाजवादी न प्रचण्डसँग न त शेरबहादुरसँग, कसैको रहेन ।
अहिले माधव नेपालहरुले ‘समय’ लाई चिन्नुपर्ने समय हो । घडी ठीक १२ बजेमा चलिरहेको बेला १० बजेको हिसाब निकालेर हुँदैन । आन्दोलनको कार्यसूचीसहित अगाडि बढ्ने भनिँदैछ । आज आन्दोलन गरेर, जनतालाई ‘इरिटेड’ पारेर राजनीतिक प्राप्ति सम्भव छैन भन्ने कुरा माधव-घनश्यामलाई कसैले भनिए हुन्थ्यो । हामीले भन्दा ‘पत्रकारको कामै नराम्रो भन्ने हो’ भन्छन् ।
अहिले माधव नेपालहरुले ‘समय’ लाई चिन्नुपर्ने समय हो । घडी ठीक १२ बजेमा चलिरहेको बेला १० बजेको हिसाब निकालेर हुँदैन । आन्दोलनको कार्यसूचीसहित अगाडि बढ्ने भनिँदैछ । आज आन्दोलन गरेर, जनतालाई ‘इरिटेड’ पारेर राजनीतिक प्राप्ति सम्भव छैन भन्ने कुरा माधव-घनश्यामलाई कसैले भनिए हुन्थ्यो ।
२०७७ साल पुस ५ मा केपी ओलीले गरेको संसद विघटनका विरोधीमध्ये कांग्रेस र माओवादीले एमालेसँग स्वाद फेरी फेरी सत्ताभोग गरिसके । त्यसो गर्न माधव नेपालहरु केवल मोहरामात्र बनाइए । गठन भएका सरकारमा एक-दुई फ्याँकिएका वा अरुले नरुचाएका मन्त्रालय दिए । त्यसमा रमाई-रमाई तीन वर्षदेखिको राजनीति चल्दैछ ।
त्यसैले अब समयलाई समीक्षा गर्ने बेला आयो । आज जति गते हो, जुन महिना र बार हो, अहिले जति बजेको छ, जति मिनेट र सेकेन्ड गएको छ, कमरेड, भोलि त्यो आउँदैन । रामकुमारी झाँक्री त जम्मा ४७ वर्षकी भइन् । ठीक उल्टो उमेर ७४-७५ का कमरेडका निम्ति समय छोटो छ ।
त्यसै पनि पार्टीमा भएका र गतिला नेताले क्षमताअनुसारको भूमिका पाएका छैनन् । पार्टी धान्न धौ-धौ छ । हिजो एमाले हुँदा काम नलागेका मान्छेहरु एकीकृत समाजवादीमा नेता बनेर गुटबन्दीको दुर्गन्ध फिँजाइरहेका छन् । ‘जसको हात, उही जगन्नाथ’ प्रवृत्तिले पार्टी दुर्गन्धित छ ।
त्यसैले अब न रवि लामिछाने जस्तो समयभन्दा १५ मिनेट अगाडि चलेर न त चित्रबहादुर केसी जस्तो समयभन्दा आधा घण्टा ढिलो चलेर राजनीतिक गन्तव्य भेटिन्छ । एकीकृत समाजवादीलाई मोहरा बनाई बनाई कांग्रेस र माओवादीले एमालेसँग सौदाबाजी गरिरहे, आआफ्ना स्वार्थ पूरा गरिरहे । यो मोहरा बनिएको समय कति लाभदायक छ, कति घातक छ ? यो पनि समयकै कुरा न हो । समीक्षा गरौं । आफू गलत हो भने आफैं मनन गरौं । सही हो भने पनि समयसम्मत चलौं, तर समयभन्दा न अगाडि चलौं न त पछाडि नै ।
वा क्या लोभलाग्दो लेख,
“एकीकृत समाजवादीलाई मोहरा बनाई बनाई कांग्रेस र माओवादीले एमालेसँग सौदाबाजी गरिरहे, आआफ्ना स्वार्थ पूरा गरिरहे । यो मोहरा बनिएको समय कति लाभदायक छ, कति घातक छ ? यो पनि समयकै कुरा न हो । समीक्षा गरौं । आफू गलत हो भने आफैं मनन गरौं “