जर्मनीमा क्रिसमस बजारमा कार जोत्दा दुई जनाको मृत्यु
काठमाडौं । जर्मनीको क्रिसमस मनाइरहेको शहरको भीडमा साउदी अरबका एक नागरिकले नियतबस कार लगेर जोत्दा दुई जनाको ज्यान भएको छ ।
बेलायती विश्व सेवा बीबीसीका अनुसार एक बालकसहित दुई जनाको ज्यान गएको हो । ५० वर्षका साउदी नागरिक चिकित्सक भएको बताइएको छ । उनी पक्राउ परिसकेका छन् ।
माग्देबर्ग नामक जर्मनीको शहरमा भएको हिंसाको विश्वभर हेडलाइन बनिरहेको छ । अमेरिकी तथा बेलायती मिडियाहरुमा कारले लागेर मान्छेको मृत्यु भएको समाचार बनाइएको, तर साउदीको मान्छेले हाँकेको कुरालाई जोड नदिएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको छ ।
विरोध गर्नेहरुमा अमेरिकी उपराष्ट्रपति चयन भएका जेडी भेन्सदेखि अमेरिकी खर्बपति इलन मस्कसम्म रहेका छन् ।