प्रधानमन्त्री हुँदा राष्ट्रिय मानक बन्नेगरी काम गर्ने जमर्को गरें: प्रचण्ड – Nepal Press

प्रधानमन्त्री हुँदा राष्ट्रिय मानक बन्नेगरी काम गर्ने जमर्को गरें: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा राष्ट्रिय मानक बन्नेगरी काम गरेको दाबी गरेका छन् ।

गोरखा-ताकुकोट सेवा समाज काठमाडौंको साधारणसभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरोधी अभियानदेखि देशको अर्थतन्त्र लयमा फर्काउन आफू प्रधानमन्त्री हुँदा धेरै मेहनत गरेको बताए ।

उनले भने, ‘म गोरखाबाट निर्वाचित भएर प्रधानमन्त्री भएपछि मैले केही राष्ट्रिय मानकहरु बनाउने जमर्को गरें, सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध सामाजिक न्यायको पक्षमा, गम्भीर आर्थिक संकटमा रहेको देशलाई विस्तारै लयमा फर्काउने र राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा देशको प्रतिष्ठा र हितको निम्ति वातावरण बनाउन धेरै मेहनत गरें । म प्रधानमन्त्री भएपछि गोरखावासीको अपेक्षाअनुसार काम गर्न केही कमी भएको महसुस भएकै थियो, तर मैले देशको प्रतिष्ठा बढाउने धेरै काम गरिरहेको थिएँ । अहिले मैले फेरि अवसर पाएको छु ।’

उनले गोरखाको विकासको लागि आफूले काम गरिरहेको बताए ।

प्रचण्डले थपे, ‘जडिबुटी प्रशोधन, रुग्ण उद्योग सञ्चालन, बुढीगण्डकी परियोजना अगाडि बढाउने, गोरखकाली रबर उद्योग सञ्चालन गर्ने सबै विषयमा म प्रधानमन्त्री हुँदा महत्वपूर्ण निर्णय गरेको छु, तर अहिलेको सरकारले त्यसलाई अगाडि बढाउनेभन्दा पनि निजीकरण गर्न खोज्दैछ ।’


प्रतिक्रिया

4 thoughts on “प्रधानमन्त्री हुँदा राष्ट्रिय मानक बन्नेगरी काम गर्ने जमर्को गरें: प्रचण्ड

  1. सुन तस्करीमा मानक । भ्रष्टाचारमा मानक । अर्थतन्त्र ध्वस्त बनाउन मानक । भारतको दलाली गर्नमा मानक। अरू कति मानक भनूँ ?

  2. एउटा दलसँग मिलेर प्रधानमन्त्री खाएको भोलिपल्टदेखि तेश्रो पार्टीसँग फेरि सरकारमा गठबन्धन गर्न छलफल शुरू गरेर सधैं देशलाई अस्थिर बनाउने मानक । आफ्ना र भरौटेहरूलाई पोस्ने मानक । आज केपि वा देउवा महान भनेको मान्छे भोलि पल्ट नै उनैलाई भ्रष्टाचारी, बेईमान, लोकतन्त्र बिरोधी भन्नेमा मानक । अमेरिका र भारतको दलाली गरेको देखाउन चीनलाई हेप्नेमा मानक । भारतसँग नयाँ उपलव्धी भनेको १५ वटा मूर्रा भैंसी मात्र हुन् । अनि मोदीलाई मन नपर्ने कुरै द्विपक्षीय भेटघाटमा नगर्ने भनेर कसम नै खाएको रहेछन् । यस्ता दहीच्यूरे कुरा र काम गर्नेले यो देशमा केही गर्छ भनेर पत्याईदिनुपर्ने ? भ्रष्टाचारका फाईल खोल्छु भनेको पनि कारण छ । सुन तस्करीको फाईलको टुङ्गो लाग्दा अन्तिममा आफू पनि अनुसन्धानमा तानिने भएपछि अरूका फाईलका हल्ला गरेर त्यो छानबिनलाई ओझेलमा पार्न खोजेको हो । आजभोलि सत्ता नपाएर छटपटिएको हेरौं न कति ? सत्ता २०८४ सम्म नपाए माओवादी सकिन्छ ल । ठोकुवा भयो

  3. १७००० नेपालीको हत्या गर्ने मानक छदैछ नि प्रचण्डेको!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर