राप्रपाको उपनिर्वाचन समीक्षा- अधिकांश स्थानमा सुधार भएको निष्कर्ष
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १६ गते भएको उपनिर्वाचनको गम्भीर समीक्षा गरेको छ । राप्रपाले उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि अधिकांश स्थानमा सुधार भएको निष्कर्ष निकालेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षमा शनिबार पार्टी केन्द्नीय कार्यालय भएको कार्यसम्पादन समितिको बैठकले उक्त निष्कर्ष निकालेको हो ।
बैठकले राप्रपाको केन्द्रीय कार्य समिति बैठक माघ ११ र १२ गते काठमाडौंमा बस्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रैष्ठले जानकारी दिए ।
बैठकले पुस २७ गते मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस हरेक वर्ष जस्तै उत्सवको रुपमा मनाउने निर्णय गरेको छ ।