रास्वपा सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध कास्की अदालतमा अभियोग पत्र दर्ता
नेपाल प्रेस
२०८१ पुष ७ गते १२:४४
पोखरा । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्धको अभियोग पत्र जिल्ला अदालत कास्की दर्ता भएको छ ।
सरकारी वकिल कार्यालय कास्कीले पेश गरेको प्रमाणपत्र र मिसिलसहितको अभियोग अदालतमा दर्ता भएको कास्की अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
३१ व्यक्तिसहित ८ कम्पनी र ५ सम्पत्ति जफत गरि ४४ विरुद्ध अभियोग पत्र दर्ता गरिएको सूचना अधिकारी सुरजले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर