झागड समुदायको बस्ती अध्ययनमा सार्वजनिक क्याम्पसका विद्यार्थीहरु – Nepal Press

झागड समुदायको बस्ती अध्ययनमा सार्वजनिक क्याम्पसका विद्यार्थीहरु

इटहरी । इटहरीको सार्वजनिक क्याम्पस जनता बहुमुखी क्याम्पसका विद्यार्थीहरु समाज अध्ययनलाई सुनसरीको झागड समुदायमा पुगेका छन् । क्याम्पसको समाजशास्त्र विभाग प्रथम वर्षका विद्यार्थीहरु झागड समुदायमा पुगेर तथ्यांक संकलन गरेका छन् ।

आफ्नो समुदायमा आएका विद्यार्थीहरुलाई उराउ समुदायले लोप हुन लागेको आफ्नो सांस्कृतिक नृत्य धर्माकर्मा प्रस्तुत गरेका थिए भने विद्यार्थीहरुले सांस्कृतिक कार्यमा सहभागी हुँदै सूचना संकलन गरेका थिए ।

विद्यार्थीहरुलाई समुदायसँग जोड्ने कुरामा विषय विभाग प्रमुख उपप्राध्यापक अर्जुन उप्रेती र सहायक क्याम्पस प्रमुख उप. प्राध्यापक इन्द्रप्रसाद प्याकुरेलले सहजीकरण गरेको ३० पूर्णाङकको प्रयोगात्मक कार्यक्रमका क्रममा विषय विभागले निर्धारण गरेको सुनसरीको कोशी गाउँपालिका वडा नं। १ मा रहेको उराउ (झागड) बस्तीमा गई उनीहरुको संस्कार र संस्कृतिको अध्ययन गर्दै, समुदायमा महिलाको अवस्था, स्वास्थ्य शिक्षामा पहुँच र त्यसको अवस्था, रोजगारी र सामाजिक क्रियाकलापको बारेमा अध्ययन गरेका हुन् ।

विद्यार्थीलाई झागड समुदायमा लिएर जाने उपप्रध्यापक उप्रेती भन्छन्, ‘मानविकी संकायमा विश्वविद्यालयले ३० पूर्णाङककको प्रयोगात्मक पाठ्यक्रम राखेपनि अधिकांश कलेजहरुले विद्यार्थीहरुलाई फिल्डमा नलैजानाले प्रयोगात्मक ज्ञानको कमि हुने र पढिसकेपछि पनि विद्यार्थीले काम गर्न नसकने अवस्था रहेको छ तर यसरी प्रथम वर्षदेखि नै फिल्डमा लैजाँदा सिकाई उत्कृष्ट हुने र अधिकांश विद्यार्थीहरुले त्यो पढाईलाई आफ्नो जीवनसँग जोड्न सक्नेछन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *