शक्ति समूहकी संस्थापक ‘टिप हिरो’ सुनिता दनुवारको निधन – Nepal Press

शक्ति समूहकी संस्थापक ‘टिप हिरो’ सुनिता दनुवारको निधन

काठमाडौं । शक्ति समूहकी संस्थापक ‘टिप हिरो’ सुनिता दनुवारको आकस्मिक निधन भएको छ । मानव बेचबिखनविरुद्धकी अभियन्ता दनुवारको ४७ वर्षको उमेरमा सोमबार निधन भएको हो ।

राति खाना खाएर सुतेकी दनुवार विहान ५ बजे ओछ्यानमै मृत अवस्थामा भेटिएको उनका पति नृप दनुवारले नेपाल प्रेसलाई जानकारी दिए ।

विहान ५ बजे आफू उठेर पसल जानुअघि सुनितालाई उठाउन खोज्दा नबोलेपछि शरीर छाम्दा चिसो भइसकेको र अस्पताल पुर्‍याउँदा मृत घोषणा गरेको दनुवारले बताए ।

सुनिताका श्रीमान र एक छोरी छन् ।

आफै मानव बेचबिखनबाट पीडित उनी अहिले मानव बेचबिखनविरुद्धको अभियानमा सक्रिय थिइन् ।

२०५६ सालमा चरिमाया तामाङसहित बम्बैबाट उद्धार गरी नेपाल ल्यापछि उनीहरुकै पहलमा बेचबिखन प्रभावित महिलाहरुले स्थापना गरेको विश्वकै पहिलो मावनबेचबिखन विरुद्धको संस्था शक्ति समूह बनेको हो । पछिल्लो समय उनी सुनिता फाउण्डेशन स्थापना गरेर सोही संस्थामार्फत बेचबिखन विरुद्ध क्रियाशील थिइन् ।

दनुवार अमेरिकी विदेश मन्त्रालयबाट २०१८ को ‘टिप हिरो’ को रूपमा सम्मानित भएकी थिइन् । उनी विभिन्न अन्तराष्ट्रिय पुरस्कर प्राप्त गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *