सर्वसाधारणको लागि खुल्यो चुरियामाई सुरुङमार्ग – Nepal Press

सर्वसाधारणको लागि खुल्यो चुरियामाई सुरुङमार्ग

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १५ मा रहेको ऐतिहासिक चुरियामाई सुरुङमार्ग आजबाट सर्वसाधरणको लागि अबलोकनको लागि खुल्ला भएको छ ।

बागमती प्रदेश सरकारले जिर्णोद्धारको काम सकेपछि आज एक कार्यक्रमको आयोजना गरि हेटौँडा उपमहानगरपालिकालाई सुरुङमार्ग हस्तान्तरण गरिएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सुरुङमार्गको शुभारम्भ गर्दै चुरियामाई सुरुङमार्ग प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने आफूहरुले विश्वास लिएको बताए । चुरियामाई क्षेत्रलाई सरकारले अब मास्टरप्लान बनाएर थप पर्यटनको विकास गरिने लामाको भनाई छ ।

सुरुङमार्गको अवलोकनको लागि हेटौँडा उपमहानगरपालिकाले पर्यटकको लागि शुल्क निर्धारण गरेको छ । सुरुङमार्ग अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ, विदेशीलाई प्रतिव्यक्ति १२० रुपैयाँ, विद्यार्थीलाई २० रुपैयाँ र ५ वर्षमुनिका बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *