एनपीएलमा उच्छृङ्खलता फैलाउनेमाथि कारबाही गर्न सरकासँग जसपा नेपालको माग
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) मा भएकाे विवादप्रति आपत्ति जनाएको छ ।
जसपा नेपालका सह(अध्यक्ष रकम चेम्जोङ विज्ञप्ति जारी गर्दै मधेसी समुदायविरुद्ध अमर्यादित कार्य गर्नेहरुलाई कारवाही गर्न सरकारसँग माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘खेल सामाजिक सद्भाव, भाइचारा र एकताको शसक्त माध्यम हो। तर, मधेसी समुदायका खेलाडीहरूप्रति केही समूहहरूबाट दुर्व्यवहार गरिएको वा गराइएको कार्य मधेसी समुदायलाई अपमानित गर्ने, साम्प्रदायिक सद्भाव एवं राष्ट्रिय एकतालाई खण्डित पार्ने तथा जातीय विद्वेष र घृणा फैलाउने कार्य गरेका छन्।’
मधेसी समुदायविरुद्ध अमर्यादित एवम् दुर्व्यवहार गर्नु नश्लीय तथा जातीय विभेद एवं निन्दनीय तथा घृणित कार्य भएको भन्दै बदनीयतपूर्ण रुपमा गरेको जसपा नेपालको ठहर छ ।