मोदीले मागे लेखा समिति सभापति पोखरेलको राजीनामा (भिडिओ)
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका छन् ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा माओवादी सांसद मोदीले समिति सरकारको छाया जस्तो देखिएको भन्दै सभापति पोखरेलको राजीनामा मागेका हुन् ।
सरकारलाई चेक एण्ड व्यालेन्स गर्ने समितिका सभापतिविरुद्ध नै आर्थिक लेनदेनको कुरा उठेकाले मार्ग प्रशस्त गर्नुपर्ने उनले बताए । उनले सहकारीका बारेमा सभापति पोखरेल र परिवारमागि पनि प्रश्न उठेकाले केही न केही जवाफ दिनुपर्ने जिकिर गरे । सांसद मोदीले लेखा समितिको सभापति प्रतिपक्षीले पाउनुपर्ने दोहर्याए ।
त्यस्तै, एमाले सांसद योगेश भट्टराईले लेखा समितिका सभापतिकै बारेमा आर्थिक लेनदेनमा कुरा उठेको अवस्थामा प्रष्ट पार्नुपर्ने बताए । आर्थिक लेनदेनमा आफू ठिक ठाउँमा उभिए मात्रै अरुमाथि नियमन गर्न सहज हुने उनको भनाइ छ । उनले सभापति र उनको परिवारका विषयमा कुरा उठिसकेपछि न्यायिक निरुपणमा जान सुझाव दिए । उनले समिति सभापति परिवर्तन गर्ने बिषयमा राजनीतिक समझदारी आवश्यक रहेको उल्लेख गरे ।
समिति सभापति ऋषिकेश पोखरेलले नीतिगत रुपमा आफूमाथि उठेका विषयमा विभिन्न ठाँउमा जवाफ दिएको बताए । कानूनी प्रक्रियामा रहेका विषयको सबै परीक्षामा समावेश हुन आफू तयार रहेकाले समितिमा यस विषयमा केही नबोल्ने उनले बताए । उनले सभापति चयनका विषयमा दलहरुबीचको सहमति स्वीकार्य हुने धारणा राखे ।
करिब चार महिनापछि बसेको बैठकमा बेरुजु छलफलको प्रगति समिक्षासम्बन्धी विषयमा सामान्य छलफल भएको थियो । सभापति पोखरेलले अव समितिलाई क्रियाशिल बनाउने बताए ।
तिमीहरू सबै सुन तस्करीमा आरोपित हौ । खोइ साँसद पदबाट राजिनामा दिएको ?