छविको बयान सकिएन, छविको पछि बल्ल अरुको हुने
नेपाल प्रेस
२०८१ पुष ८ गते १७:२३
पोखरा । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेसहित ५ जनाको बयान सुरु भएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सुरु भएको बयानमा पहिलो दिन पूर्व डीआइजी छविलाल जोशीको बयान भएको छ ।
आज छविलालको बयान भएको र पूरा नभएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । भोलि छविलाल कै बयान निरन्तर हुने उनले बताए । छविलालको बयान सकिएपछि मात्रै अन्यको बयान सुरु हुनेछ ।
प्रतिक्रिया
सम्बन्धित खवर