धादिङ अस्पताल सञ्चालन समिति अध्यक्षमा सापकोटा
नेपाल प्रेस
२०८१ पुष १० गते ९:३३
हेटौँडा । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा राधिका सापकोटालाई मनोनीत गरेको छ ।
स्वास्थ्य मन्त्रालयको मन्त्री स्तरीय निर्णयले अस्पतालको अध्यक्षमा गल्छीकी स्थानीय सापकोटालाई नियुक्त गरेको हो ।
प्रदेशको स्वास्थ्य सेवा ऐन २०७५ पहिलो संशोधन २०८१ को दफा २६ उपदफा २ को काम कर्तव्य अधिकार बमोजिम दफा २६९क० उपदफा९९० बमोजिम सापकोटालाई मनोनीत गरिएको निमित्त प्रदेश सचिव सागरप्रसाद घिमिरेले बताए ।
सापकोटा एमाले धादिङको जिल्ला सचिव समेत हुन ।
प्रतिक्रिया
सम्बन्धित खवर