संविधान संशोधनका लागि कार्यदल बनाएर काम सुरु भइसक्याे: उपप्रधानमन्त्री सिंह – Nepal Press

संविधान संशोधनका लागि कार्यदल बनाएर काम सुरु भइसक्याे: उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउन कांग्रेस र एमालेको कार्यदल गठन गरिसकेको दाबी गरेका छन्।

बुधबार रूपन्देहीमा सञ्चारकर्मीहरूसँग संविधान संशोधनका लागि कांग्रेस र एमालेले बनाएको कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको सुनाए।

उनले भने, ‘कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ। सबै दलहरूसँग गरेर नै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ।’

उनले कोरोनापछि धरायशी अर्थतन्त्रलाई चलायमान बनाउन र लयमा ल्याउन सरकारले काम गरिरहेको जिकिर गरे। उनले भने, ‘अर्थतन्त्र सुधार्न उच्च स्तरिय संयन्त्र बनाएका छौँ । अर्थतन्त्र चलायमान र लयमा ल्याउन सरकारले काम गरिरहेको छ ।’


प्रतिक्रिया

One thought on “संविधान संशोधनका लागि कार्यदल बनाएर काम सुरु भइसक्याे: उपप्रधानमन्त्री सिंह

  1. संविधान संशोधनको मुख्य ध्यान सरकार स्थिर बनाउने काममा केन्द्रित होस् । अन्य विषय उठाएर गिजोल्ने र केही पनि काम नहुने गरि अघि नबढौं । देशको तमाम समस्याको जड भनेकै अस्थिर सरकार हो । कुरा बुझौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर