एमालेको सचिवालय बैठक च्यासलमा, केन्द्रीय कमिटी बैठकको मिति तोक्ने
नेपाल प्रेस
२०८१ पुष १० गते १३:५२
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेका लागि बोलाइएको बैठक केही समयअघिबाट मात्रै सुरु भएको हो।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यवस्ताको कारणले बैठक बस्न ढिलाइ भएको हो।
बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल भइरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।
बैठकले समसामयिक राजनीतिक विषय तथा आगामी केन्द्रीय कमिटी बैठकको मिति र एजेन्डा तय गर्ने छ।
प्रतिक्रिया
सम्बन्धित खवर