माओवादीका कारण देशको मालिक राजा हैन, जनता भएका छन् : वर्षमान पुन
रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले माओवादीको सपनाकै कारण जनता देशको मालिक बन्ने अवस्था सृजना भएको बताएका छन् ।
विगतमा धर्मका नाममा शासन सत्ता चलाउने र हिन्दु धर्म अनुसार राजालाई विष्णुको अवतार मानेर राजालाई नै देशको मालिक मान्ने परम्परा रहेको उल्लेख गर्दै उनले अहिले त्यो पुरानो सोच र मान्यता बदलिएको बताए । नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रमा जनता नै देशको मालिक हुने र संघीयताको कार्यान्वयनले गाउँ गाउँमा सिंहदरवार पुग्ने अवस्था सृजना भएको उनको टिप्पणी थियो ।
रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नम्बर ५को नवनिर्मित भवन उद्घाटन गर्दै नेता पुनले भने, ‘देशको मालिक जनता भएका छन् । हिजो राजा देशका मालिकका रुपमा गनिन्थे । हिन्दु धर्म अनुसार राजालाई विष्णुको अवतारका रुपमा लिइन्थ्यो । अहिले जनयुद्ध र जनआन्दोलनका कारण देशमा जणतन्त्र आएको छ र जनता नै देशको मालिक हुन् भन्ने मान्यता स्थापना भएको छ ।’
पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुनले गणतन्त्रमा पनि जनताले चाहेका सबै माग पुरा नभएको स्वीकार गरे । ‘गणतन्त्र भनेको जताको शासन हो । जनता आफैंले जनताका प्रतिनिधि चुन्ने र मन परेन भने फेर्ने जनताको व्यवस्था नै गणतन्त्र हो र यो उत्कृष्ट व्यवस्था हो ।
देशमा भौगोलिक विविधता छ । त्यैले हामिले संघीयताको कुरा गरेका थियौं । माओवादीले गाउँ–गाउँमा सिंहदरवारको नारा लगाएको थियो । अहिले संविधान अनुसार स्थानीय तहमा सरकार आएको छ । संघीयतामा छौं । आफैंले आफैंलाई शासन गर्ने अवस्था सृजना भएको छ ।
तर जनताको अवस्था भने अझै सुधारिएको छैन । त्यसमा हामीले काम गर्नु पर्ने छ ।’
केही कमजोरीका बाबजुत समग्र विकासका हिसावले पञ्चायत, राजतन्त्र, बहुदलीय प्रजातन्त्र भन्दा पनि गणतन्त्र उत्कृष्ट भएको उनले तर्क अघि सारे । सडक विकासको एउटा मात्रै उदाहरण लिने हो भने पनि जनताको हित गर्ने शासन व्यवस्था गणतन्त्र नै हो भन्ने पुष्टि हुने उनको भनाई थियो ।
उपमहासचिव पुनले थपे, ‘एउटा सत्य के हो भने, पञ्चायत कालभरी जम्मा ७ हजार किलोमिटर बाटो खन्यो, बहुदलीय व्यवस्थामा जम्मा १८ हजार बाटो खनियो । तर अहिले गणतन्त्रको १५ वर्षमा एक लाख किलोमिटर भन्दा बढी बाटो खनियो । भनेपछि विकासका हिसावले पनि गणतन्त्र सही हो । तर जनताको चाहाना अझैं पूरा भएको छैन । यो व्यवस्थालाई अझैं सुधार गर्नुपर्ने छ ।’
आजै भएको लुङग्री गाउँपालिकाले गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बोल्दै उपमहासचिव पुनले खेलकुदले व्यक्तिको चौतर्फी विकास हुने बताएका छन् । उनले खेलकुदमा सकारात्मक प्रतिस्पर्धा हुने र यसले हरेक मानिसलाई राम्रो काम गर्ने हौसला दिने बताए ।
विगतमा हाम्रा पुर्खाले प्रकृतिसँग संघर्ष गर्दै अघि बढेको बताउँदै उनले आज मानिसहरु आकाश र समुन्द्र तथा कल्पना नै गर्न नसकिने खालका विकास र आवश्किार गर्न सफल भएको बताए । कुनै बेला घोराही, पोखरा वा काठमाडौं पुग्नुपर्ने अवस्थाको अन्त्य भएको बताएका उनले अहिले गाउँमै पढ्न सक्ने, घरै बसेर अनलाईनबाट चाहिएको कुरा हिन्न पाउने अवस्था सृजना भएको उनले बताए ।
अहिले देशको मालिक त तिमीहरू हौ नि । जनता त खान लाउन नपाएर चर्को गर्मीमा अर्काको देशमा नोकर बन्न बाध्य छन् नि ।परिवार छिन्नभिन्न भएर जिन्दगीभर विदेशीको गुलाम बनाएका तिमीहरूले गर्दा नै हो । जनयुद्वको नाममा सोझासाझा जनतालाई भडकाएर मर्न बाध्य पार्यौ । आफू र आफ्ना सन्तान अहिले सुन तस्करी, भ्रष्टाचार, लुटेर खान व्यस्त छौ । जनता त कोहि मरे, कोही अपाङ्ग भएर मागेर खादैछन् र बाँकी त विदेशीको दास हुन गएका छन् ।तिमीहरू यहाँ व्यापारीका करका दर फेरेर पैसा खाने, सुन तस्करी गर्ने, विकासको बजेट सबै आफ्नो निर्वाचन क्षेत्रमा लगेर खाने जस्ता बेईमानी काममा लागेका छौ । जनता त कसको मालिक हुनु नि विदेशीको दास बनायौ तिमीहरूले । तर पाप कराउदैछ । त्यसले तिमीहरूलाई सखाप पार्नेछ ।
अलि मिलेन कमरेड ” माओबादीका कारण देशको मालिक राजा हैन , नेता भएका छन् ” चैं भनौं न।
संबैधानिक राजतन्त्र मान्छौ हामी!! गणतन्त्र मान्दैनौ। गणतन्त्रमा नेता मालिक भएका छन्, तिमीहरूको लुछाचुडी हामीलाइ मान्य छैन।त्यसमाथी तिमीहरूले आयातित गरेको मार्क्सबाद- समाजबाद- माओबाद- धर्म निरपेक्षता सबै जरै देखी उखेलेर युरोप र चिन तिर धपाउछौ, समयको खेल मात्रै हो पर्ख।