माओत्सेतुङ सम्झँदै प्रचण्डले भने- नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि संघर्षरत छौं
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनवादी क्रान्तिलाई आफ्नै मौलिकता र विशेषताअनुसार मूलभूतरुपमा पूरा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न आफूहरु संघर्षरत रहेको बताएका छन्।
चिनियाँ नेता माओत्सेतुङ जन्मदिनको अवसरमा सम्झिँदै माओले विकास गरेको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार विश्व सन्दर्भमा र नेपाली क्रान्तिको लागि पनि मार्गदर्शकको रुपमा रहँदै आएको बताएका हन्।
प्रचण्डले भनेका छन्, ‘चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक कमरेड माओत्सेतुङ संसारभरिका वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका अजश्रस्रोत हुनुहुन्छ । कमरेड माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको दिशामा अगाडि बढाउनुभयो ।’
माओत्सेतुङलाई सम्झँदै विगतमा आफू नेतृत्वको सरकारले सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको बताए।
थपेका छन्, ‘यही राजनीतिक रणनीतिलाई कार्यान्वयन गर्ने एक कार्यनैतिक कदम थियो र हाम्रो पार्टीले आज पनि यसलाई कार्यान्वयन गर्न सदन र सडकको मोर्चाबाट खबरदारी गरिरहेको छ । कमरेड माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिंदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेको छ ।’
तिम्रा माओबाद र मार्क्सबाद समाजबाद को केही काम छैन, असफल भैसकेका सिदान्तको रट लगाउनु समयको बरबादी मात्रै हो। नेपालको धार्मिक र सांस्कृति मा आधारित सनातन परम्परामा आधारित राजनैतिक सिदान्त मात्रै हाम्रो सफलताको मन्त्र हो।
माओत्सेतुङलाई सम्झिएको नक्कली कुरा जनतामा गर्ने अनि सक्कली काम चाहिँ भारतको दलाली गर्ने । यस्ता कुरा जनताले पत्याउनुपर्ने ? अब गए जनता झुक्याउने दिन । चाईना कार्ड बाटै सबैकुरा छर्लङ्ग हुन्छ । चुच्चे नक्सा जारी गरेपछि पार्टी फुटायौ । बिआरआई सम्झौता ओलिले गर्ने भएपछि चाईना कार्ड भनेर दिल्लीको भाषा बोल्यौ । नारायणकाजीले ठिक्क पारेको बिआरआई सम्झौता भारतको निर्देशनमा डस्टविनमा फाल्यौ । नेपालको दीर्घकालीन हित हुने बिआरआई र त्यस अन्तर्गत सम्पन्न हुने आयोजनाले नेपालमा रहेको भारतीय एकाधिकार त सकिन्छ । त्यो भारतलाई त मन पर्ने कुरै भएन । तिमीलाई पनि मन नपरेकोबाट के प्रमाणित हुन्छ भने माओत्सेतुङ सम्झन्छु भनेको तिम्रा नक्कली कुरा हुन र बिआरआई सम्झौता ओलिले गरे भनेर चाईना कार्ड भन्नू तिम्रा सक्कली कुरा हुन् । तिमी के हौ र के चाहान्छौ भन्ने कुरा यसैबाट प्रमाणित हुन्छ ।