सुगरको उपचार गर्ने भन्दै घरमा आएका नक्कली डाक्टरले लुटे सुनचाँदी र ३ लाख रुपैयाँ – Nepal Press

सुगरको उपचार गर्ने भन्दै घरमा आएका नक्कली डाक्टरले लुटे सुनचाँदी र ३ लाख रुपैयाँ

महोत्तरीका जितेन्द्र मण्डल नुवाकोटमा पक्राउ

काठमाडौं । नक्कली डाक्टर बनेर घरभित्र घुुसेका व्यक्तिले ३ लाख नगद र सुन–चाँदीका गरगहना चोरेका छन् । घटनामा संलग्न डा. आलोक भन्ने जितेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरी जिल्लाको जलेश्वर–२ मा घर भएका मण्डलले पिडितलाई फेसबुकमा साथी बनाएर आफूलाई डाक्टरको रुपमा चिनाएका थिए । सुगरको उपचार गर्ने भन्दै उनी पिडितको घरमा गएका थिए ।

परिवारका सदस्यलाई औषधि खुवाएर बेहोस बनाएपछि उनले सिक्री, औंठी, मंगलसूत्र, टप, झुम्का लगायत सुनका गहनाका साथै ३ लाख नगद चोरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धानले जनाएको छ ।

प्रहरीले मण्डलबाट एप्पल कम्पनीको मोबाइल, भिभो कम्पनीको मोबाइल, सामसङ कम्पनीका मोबाइल र नगद ५९ हजार ३६० रुपैयाँ बरामद गरेको छ ।

घटनास्थलको सीसीटीभी फुटेजका आधारमा अनुसन्धान गर्दा अभियुक्त फेला परेका हुन् । उनलाई नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ आरुखर्कबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई चोरी सम्वन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *