माओवादी पहिलो पार्टी बने भ्रष्टाचारीहरुलाई देशबाट लखेट्छौं, गिरीबन्धुको फाइल खोल्छौं: प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी भएमात्रै देशबाट भ्रष्टाचारको अन्त्य हुने दाबी गरेका छन् ।
कञ्चनपुरको पुनर्वासमा माओवादीले आयोजना गरेको खबरदारी तथा पार्टी एकता समायोजनसभालाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचारीहरुले आफू नेतत्वको सरकार ढालेको दाबी गरे ।
उनले भने, ‘म तपाईंहरुलाई भन्न चाहन्छु, गिरीबन्धुको फाइल खुल्नेछ । त्यसलाई लुकाउन दिइनेछैन । ओम्नीमा भएको भ्रष्टाचार छोडिनेछैन । वाइडबडीको भ्रष्टाचार छोडिनेछैन । यो सबैको निम्ति माओवादीलाई पहिलो बनाउनुपर्छ । हेर्नुहोला, अर्को पटक माओवादी बलियो भयो भने सुशासनको नयाँ युग सुरु हुनेछ । भ्रष्टाचारीलाई लखेट्ने प्रक्रिया सुरु हुनेछ । यो विश्वास तपाईंहरुलाई दिलाउँछु ।’
प्रचण्डले केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारको पक्षमा धेरै काम गरेको जिकिर गरे ।
सुन तस्कर, क्याण्टोनमेण्टको पैसा खाने भारतीय दलालहरूलाई अब देशबाट लखेटनुपर्छ । गरिबका छोराछोरीलाई लडाएर, आफ्ना छोराछोरीलाई ४-५ वटी श्रीमती राख्न दिएर अरूलाई बहुबिवाहमा भाटे कारवाही गर्ने दलाल कथित माओवादी नामका हत्याराहरूलाई अब देशमा टिक्नैदिनुहुन्न । तस्कर व्यापारीको घरमा बस्ने,पैसा विदेश पठाउने दिल्लीका टट्टुहरूलाई खेद्ने दिन आउँदैछ अब नेपालमा
सुन तस्करी क्यान्टोनमेन्ट चाही नखोल्ने