सुदूरपश्चिममा एकै दिन ३१ संक्रमितको मृत्यु
नेपाल प्रेस
२०७८ वैशाख २८ गते २०:४४
कैलाली । सुदूर पश्चिम प्रदेशमा मंगलबार एकै दिन ३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा सबैभन्दा बढी कंचनपुरमा १६ जनाको मृत्यु भएको छ ।
यस्तै कैलालीमा १० जना, बझाङमा २ जना, अछाम बैतडी र डडेल्धुरामा १-१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ निर्देशनालय दिपायलले जनाएको हाे । यो संगै सुदूरपश्चिम प्रदेशमा काेराेनाबाट ज्यान गुमाउनेको संख्या २ सय ५६ पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घन्टामा मात्र ७ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा मंगलबार २ सय ८१ जना संक्रमण मुक्त भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर