प्रहरी सहयाेगीको हत्याकाण्ड: अनुसन्धान विभागका अधिकृतसहित तीन जना पक्राउ – Nepal Press

प्रहरी सहयाेगीको हत्याकाण्ड: अनुसन्धान विभागका अधिकृतसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरी कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरिएको छ । बारा जिल्ला प्रहरीले आज पत्रकार सम्मेलन गरेर रुम्बाको हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो ।

गत पुस ६ गते बाराको सिमरा उपमहानगरपालिका- ११ स्थित सडक छेउमा रोकिराखेको बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको ग्रे रंगको इभी कारमा कारभित्र युवक मृत भेटिएका थिए । मृत फेला परेको युवक प्रहरी कार्यालयका सहयोगी रहेको खुलेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो ।

मृतक रुम्बा बारा जितपुर सिमरा उपमहानगरपालिका- १ घर भई इलाका प्रहरी कार्यालय सिमरा बारामा दरबन्दी भई हाल विमानस्थल सुरक्षा गार्ड सिमरामा कार्यरत  थिए ।

पोष्टमार्टमको क्रममा उनको टाउकोबाट गोलीको बुलेट फेला परेको थियो । उनको मृत्युको कारण गन सट भनी शव परीक्षण प्रतिवेदनबाट खुलेपछि हत्या भएको ठहर गर्दै अनुसन्धान अघि बढाएको थियो ।

उनको हत्यामा संलग्न तीन जनालाई प्रहरी हिजो पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका- ३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय बारा दरबन्दी भई विमानस्थल कार्यालय सिमरा बारामा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारी, बारा जितपुर सिमरा उपमहानगरपालिका- १९ घर भई हाल सोही स्थानमा दिनेश सुवेदीको जग्गामा जय माँ इन्जियरिङ वर्कसपको सञ्चालक २७ वर्षीय पुरुषोत्तम कुमार दास र २० वर्षीय ईन्द्रजित कुमार चौहान रहेका छन् ।

उनीहरुको साथबाटपुरुषोत्तम कुमार दासको वर्कसपबाट उनले लगाउने गरेको जिन्स पाइन्टको खल्तीबाट रुम्बाले घाटीमा लगाएको सुनको सिक्रि १ थान बरामद गरेको छ । साथै दासको कालो रंगको क्याट लेखिएको झोला भित्रबाट रुम्बाको पर्स बरामद गरेको छ । प्रहरीले उनीहरुको साथबाट ६ थान मोवाइल

दासले प्रयोग गर्ने गरेको ना १३ प ५४७ नम्बरको यमाहा कम्पनीको मोटरसाईकल थान-१ बरामद गरेको प्रवक्ता प्रकाश सापकोटाले बताए ।
मृतक रुम्बा मृत फेला परेको कार राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान अधिकृत तिवारीको भएको खुलेको छ ।

उनीहरुविरुद्ध कसूर दर्ता किताबमा कर्तव्य ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता भई बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई थप अनुसन्धान कार्य ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट भइरहेको सापकोटाले बताए । प्रवक्ता सापकोटाका अनुसार रुम्बाको हत्या गर्नुको कारण पुरानो रिसिईबी र लुटपाट रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *