समस्याग्रस्त शेयर मार्केट्सको व्यवस्थापन सदस्यका लागि सर्टलिस्टमा परे चार जना
काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केट एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन सदस्य पदका लागि चार जनाको आवेदन परेको छ । रितपूर्वक दरखास्त फाराम पेश गरेका उम्मेदवारहरूमध्ये चार जना सर्टलिस्टमा परेका हुन् ।
छनौट समितिका अनुसार सर्टलिस्टमा पर्नेहरूमा प्रकाश घिमिरे, कुमार तिवारी, रामप्रताप यादव र राजेन्द्र तिमिल्सिना रहेका छन् । उनीहरूलाई यही पुस २१, २२, २३ र २४ गते व्यावसायिक कार्य योजना प्रस्तुत गर्न बोलाइएको छ ।
नेपाल राष्ट्र बैंकले उक्त कम्पनीको सदस्य पदका लागि दरखास्त आह्वान गरेको थियो । तोकिएको मिति र समयमा उपस्थित नहुने उम्मेदवारका लागि पछि कुनै पनि व्यवस्था नहुने समेत छनौट समितिले जनाएको छ ।