सेनाले सार्वजनिक गर्यो-शव व्यवस्थापनको विवरण
काठमाडौ । नेपाली सेनाले कोभिड-१९ बाट मृत्यु भएका ४ हजार ६ सय ८२ जनाको शव व्यवस्थापन गरेको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौड्यालले बुधबार सामाजिक संजालमा ट्युट गर्दै शव व्यवस्थापनको विवरण सार्वजनिक गरेको हो ।
उपत्यका प्रितनाले मात्र बैशाख महिना भर २ हजार ३ सय पचास वटा शव व्यवस्थापन गरेको जनाइएको छ । बैशाख २२ देखि २८ गतेसमम काठमाडौं भित्र सेनाले ५ सय ३ वटा शव व्यवस्थापन गरेको छ ।
नेपाली सेनाले ४ हजार ६ सय ८२ जनाको शव व्यवस्थापन गरेको भने पनि स्वास्थ्य मन्त्रालयले बैशाख २८ गते सार्वजनिक गरेको तथ्याङ्कमा ४ हजार ८४ जनाको मात्र कोरोनाको कारण मृत्यु भएको जनाएको छ ।
सुख दुःखको साथी नेपाली सेना!!!
जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गरौँ, आफू पनि जोगिऔँ र अरूलाई पनि जोगाऔँ !!!!#NAAgainstCOVID19 #DeadBodyManagement
नेपाली सेनाले २०७८ वैशाख २२ गतेदेखि २८ गतेसम्म गरेको पृतना अनुसारको शव व्यवस्थापनको विवरण
हालसम्म जम्मा शव व्यवस्थापनः ४६८२ pic.twitter.com/I9ce2SWrtm— NASpokesperson (@NaSpokesperson) May 12, 2021