एलन मस्ककै बाटोमा जुकरबर्ग: अब ‘फ्याक्ट चेक’को अन्त्य – Nepal Press

एलन मस्ककै बाटोमा जुकरबर्ग: अब ‘फ्याक्ट चेक’को अन्त्य

काठमाडौं । फेसबुक तथा इन्टाग्रामलगायतका सेवाहरु भएको मेटाका मालिक मार्क जुकरबर्गले एक्स अर्थात् साविकको ट्विटरका साहुकै बाटो समातेका छन् । उनले अब फ्याक्टचेकको काम बन्द गरेर कम्युनिटी नोट्स भनेर लेख्ने भएका छन् ।

बेलायती विश्व सेवा बीबीसीका अनुसार मंगलबार एक भिडियो सन्देश जारी गरेर मार्क जुकरबर्गले यस्तो जानकारी दिएका छन् ।

डोनाल्ड ट्रम्पको समर्थनका सामग्रीहरुको मात्रै फ्याक्ट चेक गरिएको र अरुको नगरिएको आरोप खेपेको फेसबुकले ट्रम्प राष्ट्रपति भएपछि नयाँ लाइन समातेको हो । अब फेसबुक तथा इन्टाग्रामलाई नागरिक सामग्री जाने पुरानो जराकै रुपमा लाने जुकरबर्गले बताएका छन् ।

फ्याक्ट चेक गर्दाका दुई तिहाइ तेस्रो पक्षले राजनीतिक पक्षधरता देखाएको भन्दै यसबाट मुक्ति चाहेको जुकरबर्गले बताएका छन् । राष्ट्रपतीय चुनावताका डोनाल्ड ट्रम्पले फेसबुकले कन्टेन्टमा दलीय पक्षधरता देखाएमा राष्ट्रपति चुनिएपछि थुन्ने बताएका थिए ।

फेसबुक तथा एलन मस्कको स्वामित्वमा आउनुभन्दा अगाडि ट्विटरले ट्रम्पलाई प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि ट्रम्पले आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रूथ सोसल सञ्चालनमा ल्याएका थिए । अहिले ट्रम्पका पोस्टहरु त्यही सञ्जालमा पोस्ट हुँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर