एमालेको युवा विद्यार्थी विशेष कमिटी अब आफ्नै कार्यालयमा
काठमाडौं । नेकपा एमालेको गैर भौगोलिक कमिटी ‘युवा विद्यार्थी विशेष जिल्ला कमिटीको’ कार्यालय खोलिएको छ ।
नेकपा एमाले पोलिटब्युरो सदस्य तथा उपत्यका विशेष प्रदेश इञ्चार्ज सुजिता शाक्यले कार्यालयको उद्घाटन गरेकी हुन् । काठमाडौं -१० बुद्धनगरस्थित बागमती करिडोरमा कार्यालय राखिएको छ ।
शाक्यले कमिटीले कार्यालय राखेर सांगठानिक काम व्यवस्थित गर्न लागेकोमा खुशी लागेको बताइन् ।
शंकर पोखरेल संस्थापक सचिव रहेको यो कमिटी २०४८ सालदेखि निरन्तर क्रियाशील रहेको अध्यक्ष सुदर्शन शिवाकोटीले बताए ।
प्रचार विभाग प्रमुख किरण देउजाका अनुसार स्थापनाकालदेखि २०७५ सम्म विद्यार्थी विशेष जिल्ला कमिटीको नाममा परिचित थियो । २०७५ मा एमाले-माओवादीको एकता पश्चात् ‘युवा’ थपेर ‘युवा विद्यार्थी विशेष’ नामकरण गरिएको उनले सुनाए ।
कार्यक्रममा प्रदेश अधक्ष प्रेम पराजुली, सचिव मिलन धरेललगायत उपस्थित थिए ।