टिकटकर तीखे बैरागीको बसको ठक्करले महिलाको ज्यान गयो, चालक पक्राउ
नेपाल प्रेस
२०८१ पुष २४ गते १५:४८
दाङ । तुलसीपुरमा बसको ठक्करबाट एकजना महिनाको ज्यान गएको छ । लु.प्र. ०२००१ ख ४४ नम्वरको बसको ठक्करबाट तुलसीपुर ५ कि ३९ वर्षीया सम्झना टोलकी तिर्सना घर्ती मगरको ज्यान गएको प्रहरीले जनाएको छ ।
इप्रका तुलसीपुरका प्रवक्ता इन्सपेक्टर विनोद खत्रीका अनुसार नयाँ बसपार्कको गेटबाट भित्र जान लागेको बसले पैदल यात्री महिलालाई ठक्कर दिएको थियो ।
उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा लगे पश्चात् चिकित्सकले मृत घोषणा गरेका हुन् । बस चर्चित टिकटकर तीखे बैरागीको हो । बस चालक खिमराज वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर