नवलपरासीमा विद्यालयका लेखापाल र व्यवस्थापन समितिका सदस्य घुससहित पक्राउ
रुपन्देही । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं ५ स्थित राजनारायण माध्यमिक विद्यालयका सहायक (लेखापाल) सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहार घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गुप्ता र कहारलाई घुससहित बुधबार पक्राउ गरेको हो । उनीहरूले भवन निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा बुटवल कार्यालयबाट गएको टोलीले कार्यकक्षबाट रंगेहात पक्राउ गरिएको आयोगको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उक्त रकमसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।