१० वर्षमा २८ हजार मेगावाट बिजुली निकाल्न कसरी जुटाइँदैछ लगानी ? – Nepal Press

१० वर्षमा २८ हजार मेगावाट बिजुली निकाल्न कसरी जुटाइँदैछ लगानी ?

काठमाडौं । सरकारले पास गरिसकेको ऊर्जा विकास मार्गचित्र २०८१ अनुसार आवश्यक लगानीका लागि बहुआयामिक स्रोत उल्लेख गरेको छ । मार्गचित्रमा सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य हासिल गर्न ४६.५ अर्ब अमेरिकी डलर (६२ खर्ब ३१ अर्ब नेपाली रकम) बराबरको रकम चाहिने उल्लेख छ ।

जसमा नेपाल सरकारले ६ अर्ब डलर लगानी गर्ने छ । आन्तरिक स्रोतबाट १० अर्ब डलर, नेपाल विद्युत प्राधिरणबाट ८ अर्ब, क्लाइमेट फानासिङबाट २ अर्ब डलर, गैरआवसीय नेपाली तथा वैदेशिक रोजगारीमा रहेका नेपालीमार्फत १२ अर्ब डलर र वैदेशिक लगानी र अनुदान तथा ऋणबाट साढे ८ अर्ब स्रोत जुटाउने मार्गचित्रमा उल्लेख छ ।

गरिब तथा विपन्न वर्गलाई पनि जलविद्युत क्षेत्रमा लगानी सुनिश्चित गर्ने गरी सरकारले ‘समृद्ध नेपाल’ को अभियानअन्तर्गत यस परियोजना अगाडि बढाइएको हो ।

नेपाललाई पूर्णरुपमा विद्युतीकरण गर्ने र नेपालमा प्रयोग भएर बाँकी रहेको विद्युत् बिक्री गरिने छ । ऊर्जा विकास अर्थचित्रमा विद्युत् उत्पादन, मर्मत, प्रशारण लाइन, गुणस्तरीय विद्युत् वितरण लगायतको काम हुने उल्लेख छ ।

नेपालले भारतलाई आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातको सम्झौता गरिसेको छ भने बंगलादेशमा पनि नेपालबाट विद्युत् निर्यात सुरु भइसेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *