‘महिन्द्रा उत्सव, छड्के सलाम’, योजनाअन्तर्गत ट्र्याक्टर किन्ने ३ जनालाई नगद पुरस्कार – Nepal Press

‘महिन्द्रा उत्सव, छड्के सलाम’, योजनाअन्तर्गत ट्र्याक्टर किन्ने ३ जनालाई नगद पुरस्कार

काठमाडाैं । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको आधिकारिक वितरक, अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले ‘महिन्द्रा उत्सव: महिन्द्राको छड्के सलाम, जित्नुहोस् लाखौंको इनाम’ योजनाको विजेता घोषणा गरेको छ ।

बिहीबार काठमाडौं गैह्रीधारा सेल्स टावरस्थित अग्नि ग्रुप महिन्द्रा सोरुममा एक समारोहसहित विजेता घोषणा गरिएको हो ।

महिन्द्राले गत असोजमा हरेक वर्ष जस्तै विश्वकर्मा पूजा, दशैं, तिहार र छठ पूजालाई लक्षित गरि ‘महिन्द्र उत्सव २०२४’ अभियान विशेष योजना ल्याएको थियो । यो योजना चाडपर्व अवधिभर २०८१ असोज १ गतेदेखि पुष १६ (तदनुसार १७ सेप्टेम्बर देखि ३१ डिसेम्बर, २०२४) गतेसम्म लागू गरिएको थियो ।

यस योजनाअन्तर्गत महिन्द्रा ट्र्याक्टर खरिद गर्ने ग्राहकहरूले स्क्र्याच कार्डका अलावा बम्पर इनामअन्तर्गत घोषणामा १ लाख, २ लाख, र ४ लाख नगद जित्ने थप तीन मौकाहरू पाउने व्यवस्था रहेको थियो ।

उक्त योजनाअनुरुप नै विजेता घोषणा कार्यक्रममार्फत बम्पर पुरस्कारका ३ जना भाग्यशाली विजेताहरू ‘लक्की ड्र’ कार्यक्रममार्फत छनौट गरी घोषणा गरिएको हो । कार्यक्रममा एपिएफका खेलाडीहरूको विशेष आतिथ्य रहेको थियो ।

एपीएफका खेलाडीहरू: ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल, कराँते खेलाडी महमद सेखु आलम, भलिबल खेलाडी निरुता ठगुन्ना, सुटिङ खेलाडी तथा ओलम्पियन सुस्मिता नेपाल, र एपिएफका एथ्लेटिक्स खेलाडी गोपिचन्द्र पार्कीको उपस्थिति रहेको थियो । गोपिचन्द्र पार्कीले रू. १ लाखको, सुस्मिता नेपालले रू. २ लाख, र महमद सेखु आलमले रू. ४ लाखको विजेता गोला प्रथाद्वारा छानेका हुन् ।

‘लक्की ड्र’मार्फत छानिएका विजेताहरू भण्डारा, चितवनबाट डोल बहादुर श्रेष्ठले रू. १ लाख, चापकोट, स्याङ्जाबाट इश्वर मल्लले रू. २ लाख, र चौरजहारी नगरपालिका, रुकुमबाट डिपिडिएस निर्माण सेवाले रू. ४ लाखको बम्पर इनाम जितेका छन् ।

विजेताहरूलाई लोकप्रिय नेपाली अभिनेत्री  स्वस्तिमा खड्काको हातबाट, घोषणा भएको मितिदेखि २ हप्ता भित्र नगद इनाम हस्तान्तरण गरिने योजना रहेको छ भने विजेताहरूले औपचारिक भेटघाट कार्यक्रममा स्वस्तिमालाई भेट्ने मौकासमेत प्राप्त गर्नेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *