रास्वपा नेता मनिष झा भन्छन्- अदालतप्रति भरोसा बढायो, आदेशले सकारात्मक सन्देश दियो – Nepal Press

रास्वपा नेता मनिष झा भन्छन्- अदालतप्रति भरोसा बढायो, आदेशले सकारात्मक सन्देश दियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले रवि लामिछानेलाई धरौटीमा छाड्ने अदालतको आदेशले न्यायको अंश जीवित छ भन्ने सकारात्मक सन्द्येश दिएको बताएका छन् ।

बिहीबार कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। कास्की जिल्ला अदालत परिसर बाहिरबाट त्यसबारे प्रतिक्रिया जनाउँदै उनले भने ‘आदेशले केही सकारात्मक सन्देश दिएको छ । यसले नयाँ राजनीतिमा आएकालाई अदालतको भरोसा छ भन्ने सन्देश दिएको छ ।’

उनले यसमा मुद्दाको किनारा लागिनसकेको भएपनि सकारात्मक सन्देशले उर्जा दिएको बताए ।

‘यो मुद्दाको किनारा होइन, यसमा मुद्दाको ठूलो प्याकेजमध्येको यो २५ प्रतिशत हो, मुद्दाको पहिलो अंश र पहिलो प्रतिशत भएकाले यसले सकारात्मक हुन र विश्वस्त हुन र न्यायप्रतिको विश्वास कायम राख्नलाई सहयोग परेको छ । साथसाथै नयाँ राजनीतिक अभ्यास गर्न आएको यो पुस्तालाई एउटा सकारात्मक सन्देश दिएको छ । यो न्यायलयको सबै प्रकृयाको पहिलो अंश भएकाले यसको निर्णय बाँकी प्रकृयाको एउटा नजिर र सन्देश पनि हो । त्यसैले हामीले यसलाई सकारात्मक रुपमा लिएका छौं’ उनले भने ।

राज्यपक्षले रविलाई जसरी पनि हिरासतमै राख्ने कोसिस गरेको भए पनि अदालतले भने भरोसा जगाएको उनको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *