सोविता भन्छिन्- राज्यले सबै बल लगायो, तर अदालतले विश्वास जगायो (भिडिओ) – Nepal Press

सोविता भन्छिन्- राज्यले सबै बल लगायो, तर अदालतले विश्वास जगायो (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गर्ने आदेश दिएपश्चात पत्रकारहरुको घेरामा परिन् नेतृ शोविता गौतम । कानून व्यवसायीसमेत रहेको गौतमले रविको पक्षमा अदालतमा बहस समेत गरेकी थिइन् ।

पत्रकारहरुसँग कुराकानी गर्दै गौतमले अदालतको आदेशको स्वागत र सम्मान गर्ने बताइन् । राज्यले जबरजस्ति बल प्रयोग गर्न खोजेको तर अदालतले स्वतन्त्ररुपमा आफ्नो भूमिका निभाएको उनको भनाइ थियो ।

सोविताको भनाइको सारः

प्रहरीले पक्राउ गरेपछि हामीले आफ्नो तर्फबाट सडकमा दवाव दिएका हौ. । तर जुन दिनबाट मुद्दा दर्ता भयो, त्यसपछि हामीले अदालतको कुनै पनि प्रक्रियामा हस्तक्षेप गरेका छैनौं । त्यही दिनबाट भनेका थियांै, अदालतको सम्पूर्ण आदेश मान्छौं भनेर ।

राज्यले सकेजति बल लगाएको छ । राज्यले आफ्नो बल प्रयोग गर्न सक्छ । तर, न्यायालय भनेको त्यस्तो संस्था हो जसलाई राज्यले आफ्नो पकडमा पार्छु भनेर पनि पार्न सक्दैन ।

मेरो पार्टी सभापतिले न्यायमा सघाउँछु, बोलाएको अवस्थामा उपस्थित हुन्छु भन्नुभएको थियो । त्योभन्दा पनि हिरासतभित्रै राख्नुपर्छ भनेर राज्यपक्षबाट ढिपी कस्ने काम भयो । उहाँले बाहिर रहेर प्रमाण नष्ट गर्ने, भाग्ने वा अर्को अपराध गर्ने कुनै आधार थिएन । ११ लाख मतदाताको आवाज बोक्ने नेतृत्वमाथि पूर्वाग्रह साँध्ने काम भएपछि हामीले आन्दोलन गर्यौं । तर अदालतको आदेश मान्छौं, न्यायलाई सघाउँछौं भनिरहेका थियौं । हामीलाई अदालतमा विश्वास छ । आज त्यो विश्वास कायम भएको छ । के होला भन्ने प्रश्न थियो । तर आजको आदेशले अदालतमा विश्वास गर्न सकिन्छ भन्ने सन्देश प्राप्त भएको छ ।

अन्य अदालतमा पनि मुद्दा दायर गरिएका छन् । ती अदालतको प्रक्रियाबारे अहिले बोल्न मिल्दैन । तथ्य–प्रमाण र बहसमा के–के कुरा निस्किन्छ सबै सुनेर अदालतले आफ्नो काम गर्छ । अन्य जिल्लामा पनि प्रक्रिया यस्तै हुन्छ । अहिल्यै अनुमान नगरौं । अपेक्षा गर्न सकिन्छ कि राम्रो होस, पारदर्शी होस र निस्पक्ष होस । हाम्रो पक्षमा होइन, निस्पक्ष चाहिएको छ । निष्पक्ष भयो भने हाम्रो पक्षमा नै आउँछ ।

अदालतको आदेशपछि आज पहिलोचोटि भेट्दा सभापति ज्यूले भन्नुभयो– शोभिताजी मैले एउटा गलत गरेको छैन, सबै न्यायको पक्षमा हुन्छ, सबै कुरा ठीक हुन्छ ।

यो राज्यको बल प्रयोग हो । न्यायलय भनेको निसाफ दिने ठाउँ हो । न्यायालयलाई राज्यले प्रभाव पार्न बन्द गर्नुपर्छ । अलिअलि हात लगाउन खोजेको छ । मुद्दा माथि मुद्दा लगाउनु गलत हो । नेपाली जनताले यो सबै कुराको लेखाजोखा गरिरहेका छन् ।

मन नपरेको मान्छेलाई कुन कुन मुद्दा लगाएर निलम्बन हुन्छ भन्ने प्रावधान खोजी खोजी हेरेर मुद्दा हाल्ने त्यो खालको नजिर बसाउन खोजियो । यसले राजनीतिक भविष्यलाई सही ठाउँमा पुुर्याउँदैन ।

यो सच्चिनु पर्छ । राज्यले यसलाई ध्यान पुर्यायोस । राजनीति भनेको चक्र हो । सत्तापक्षले प्रतिपक्षलाई न्याक्ने संस्कृति विकास गर्न खोज्नु राम्रो होइन । हजुरबाहरुलाई हामी नाति नातिनाले सिकाउनुपर्ने अवस्था आएको छ ।

 


प्रतिक्रिया

2 thoughts on “सोविता भन्छिन्- राज्यले सबै बल लगायो, तर अदालतले विश्वास जगायो (भिडिओ)

  1. धेरै धक्कु नलगाउ । ल रविले सहकारीको पैसा हिनामिना गरेका छैनन रे । जिबिलाई हावादारी सपना बाँडेर टिभिलाई एक नम्बरको बनाईदिन्छु भनेर डुबाईदिएका त हुन् नि ।रविको भर परेर जिबिले अरबौं पैसा डुबाएका त हुन् नि । नेपाली जनतालाई पनि जिबिलाई झैं डुबाउँदैछन् रविले ।

  2. राज्यले के के गरेको छ वा के के गर्न सक्छ त्यो त्येत्ति थाहा छैन होला र त यस्तो बोल्न सक्या !! अझ कान्ग्रेशले कत्ति गर्न खोजेको थियो त्यो यी धेरै बुझ्ने मान्छेले बुझ्दैनन् किन भनें यी गाइ र मान्छेको बिस्ट्याइ यौटै देख्छन र मान्छेकै हो भन्छन !! आफुले बोल्दा, साच्चिकै पिडित मान्छे जसको सर्बस्व गुमेको छ के भन्नछन तिनको लागि ?? दोस अनुसारको कारबाही हुन पर्छ : अपराध बराबरको सजाय हुन पर्छ !! राज्यले त्यो खोज्छ र अदालतले निर्क्योल गर्छ : चित्त बुझे पनि नबुझे पनि : यो प्रणालीमा !! राणा सासन थियो भने के हुन्थ्यो सुन्या होला कहिल्येइ !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *