पाँच संसदीय समितिको बैठक बस्दै, के के छन् कार्यसूची ? – Nepal Press

पाँच संसदीय समितिको बैठक बस्दै, के के छन् कार्यसूची ?

काठमाडौं । आज पाँच संसदीय समितिको बैठक बस्दैछ । जसमा राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिको ३२औं बैठक बिहान ११ः३० बजे बस्दैछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक २०८१ माथि दफावार छलफल हुँदैछ ।

यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २५३औं बैठक बस्दैछ । बैठकमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुँदैछ । बैठक बिहानको ११ः३० बजे बस्दैछ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा नेपालको संविधानको धारा २६५ मा गठन भएका आयोगहरुको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि पुनरवलोकन गर्नेछ । संवैधानिक व्यवस्था रहेकाले सोसम्बन्धी आयोगको धारणा सम्बन्धमा छलफल हुँदैछ ।

आजै महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बस्दैछ । बिहान ११ः०० बजे बस्ने बैठकमा समानुपातिक प्रतिनिधित्वको वर्तमान अवस्था र कार्यान्वयनको मूल्याङ्कन सम्बन्धमा छलफल हुने भएको छ ।

यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धमा छलफल हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर