धरौटी बुझाएर छुटिन् लीला पछाईं
नेपाल प्रेस
२०८१ पुष २६ गते १४:५१
पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लिला पछाईं धरौटी बुझाएर रिहा भएकी छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लीलासहित ७ जनालाई बिहीबार धरौटीमा छोड्न आदेश दिएको थियो ।
अन्य ६ जना बिहीबार नै धरौटी बुझाएर रिहा हुँदा लीलाले भने बुझाएकी थिइनन् । आज धरौटीमा बुझाएर रिहा भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
उनलाई ३७ लाख धरौटी कायम गरिएको थियो ।
प्रतिक्रिया