प्रक्रिया मिचेर कृषि विकास बैंकले जग्गा लिलाम गरेको भन्दै छानबिन गर्न प्रदेश सांसद गुप्ताको माग
जनकपुरधाम । मधेश प्रदेशका जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद राजकुमार गुप्ताले कृषि विकास बैंक लहान शाखाले प्रक्रिया मिचेर किसानको जग्गा लिलाम गरेको विषयमा छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
प्रदेशसभा बैठकमा बोल्दै सांसद गुप्ताले किसान रामचन्द्र यादव आन्दोलन गरेपछि बैंकले पुस ११ मा आवश्यक प्रक्रिया पूरा गरी जग्गा फिर्ता ल्याउने सहमति गरेपनि सहमतीको कार्यान्वयन गर्न नचाहेको बताए । उनले सहमतिअनुसार बैंकले जग्गा फिर्ताको प्रक्रिया अगाडि नबढाउँदा पीडित ज्यान दिन तयार रहेको बताए ।
उनले भने, ‘जग्गा फिर्ताका लागि किसान आन्दोलन गर्दा प्रहरीले ताण्डव देखायो । दर्जनौं सेल आश्रुग्यास र हवाई फायर गर्यो । यस विषयमा सत्यतथ्य छानबिन गर्न समिति गठन होस् । दोषीमाथि कारबाही गर्नुपर्छ ।’