पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै सेनाको ‘एकीकरण टर्च र्याली काठमाडौं आइपुग्यो
काठमाडौं । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्याली’ शुक्रबार काठमाडौं आइपुगेको छ ।
गत पुस २१ गते गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज दिउँसो ४ः४० बजे काठमाडौं आइपुगेको हो ।
गोरखाबाट हिँडेको उक्त टोली धादिङको भर्याङ भुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौँ आइपुगेको हो । र्यालीमा सहभागी सैनिकहरु पृथ्वीनारायण शाहको समयमा उनको फौजले प्रयोग गरेको जस्तै पोषाक र हतियारमा सजिएका छन् ।
सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा यही पुस २७ मा विशेष कार्यक्रम गरेर र्यालीको समापन गरिने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ ।