मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन आज, ४२ जना उम्मेदवार चुनावी मैदानमा – Nepal Press

मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन आज, ४२ जना उम्मेदवार चुनावी मैदानमा

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि पुस २७ अर्थात आज निर्वाचन हुँदैछ । दुई समूहबीच प्यानल बनाएर हुन लागेको निर्वाचनमा कुल २८ पदका ४२ जना चुनावी मैदानमा प्रतिस्पर्धाको लागि उत्रिएका छन् ।

आज हुने निर्वाचनमा नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र वर्तमान उपाध्यक्ष प्रमोदसिंह रानाभाट प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

महासचिवमा प्रतिमा श्रेष्ठ र विकेशलाल श्रेष्ठ, कोषाध्यक्षमा तेजराज अधिकारी र कृष्ण कर्माचार्य तथा सहकोषाध्यक्षमा निलम वैद्य र राधिका सामरीपाण्डेले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता इश्वरराज ढकालले जानकारी दिए । उद्योगतर्फ उपाध्यक्षमा दीपक उप्रेती र रविन्द्र घिमिरे, सदस्यमा कृष्णगोपाल महर्जन, कृष्णराज कोइराला (कृष), जगदीश दाहाल, दीपक शिवाकोटी र भुपेन्द्रप्रसाद अधिकारी र उद्योगतर्फकै महिलाआरक्षण सदस्यमा मेनका श्रेष्ठ र सीतादेवी भेटवाल चुनावी मैदानमा छन् ।

एसोसिएसटतर्फ उपाध्यक्षमा उज्ज्वल चौलागाईं र विष्णु खनाल, एसोसिएट सदस्यमा अंकिता सुमार्गी, नवराज खतिवडा र पुजन विडारीको उम्मेदवारी दर्ता भएको छ । वाणिज्यतर्फ उपाध्यक्षमा राजु अधिकारी र रामप्रसाद न्यौपाने, वाणिज्यको सचिवमा दिवस पराजुली र कुलप्रसाद चौलागाईं, सदस्यमा बालकृष्ण बजगाईं, विष्णुप्रसाद दाहाल, यज्ञबहादुर राय (विनोद), राजेन्द्र लामिछाने, राजदेव बनियाँ, रविन ढकाल, सन्तोष घिमिरे, होमनाथ खनालको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत ढकालले जनाए ।वस्तुगतर्फ उपाध्यक्षमा खाद्यान्न व्यवसायी संघका काव्यमणि अधिकारी र ढुवानी एसोसिएसनका प्रदीप अर्याल चुनावी प्रतिस्पर्धामा छन् ।

वस्तुगतकै सचिवमा कपडा तथा तयारी पोशाक संघका नेत्रप्रसाद खतिवडा र क्रसर उद्योग व्यवसायी संघका राजाराम कार्की, सदस्यमा फर्निचर व्यवसायी संघका कृष्णप्रसाद अर्याल, क्यान महासंघका गोविन्द चौलागाईं, मुद्रण उद्योग संघका राजु नेपाल र घरजग्गा व्यवसायी संघका शम्भु पुडासैनीको उम्मेदवारी रहेको छ ।

दुई सचिव सहित सातजना निर्विरोध

उद्योग वाणिज्य संघ मकवानपुरमा दुई सचिवसहित सातजना निर्विरोध भएका छन् । उद्योगतर्फको सचिवमा रुपकराज दाहाल र एसोसिएट सचिवमा माधव ज्ञवाली निर्विरोध चयन भए । दुवै सचिव पदमा अरु कसैको उम्मेदवारी नपरेपछि उनLहरु निर्विरोध निर्वाचित भएका हुन् ।

एसोसिएसट सदस्यमा सुकृतराज पराजुली, एसोसिएट ९बहुराष्ट्रिय० सदस्यमा बिक्रमकुमार सञ्जेल, मनहरी आरक्षण कोटाको वाणिज्य सदस्यमा शंकरप्रसाद कालाखेती, वाणिज्यतर्फकै महिला आरक्षण सदस्यमा निलमकुमारी पाण्डे र निलम बजगाईं निर्विरोध भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *