चरेस र अफिमसहित दुई भारतीय पक्राउ
हेटौँडा । मकवानपुर प्रहरीले लागू औषध चरेस र अफिम सहित दुई जना भारतीय नागरिकलाई हेटौँडाबाट पक्राउ गरेको छ ।
प्रहरीले उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ बाट चरेस र अफिम सहित उनीहरूलाई पक्राउ गरेको हो ।
थाहा(११ को टिस्टुङ नौखण्डे स्थित त्रिभुवन राजपथ सडकखण्डबाट हेटौडा हुँदै भारत तर्फ लागूऔषध ओसारपसार भइरहेको छ भन्ने प्राप्त विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटिएको प्रहरी टोलीले अवैध लागु औषध चरेस २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्राम सहित २ जना भारतीय नागरिक पक्राउ गरेको हो ।
प्रहरीले भारतीय डिएल ८सिएक्स १२२४ नम्बरको कारलाई जाँच गर्दा उक्त परिमाणको लागू औषध फेला पारेको जनाएको छ ।
प्रहरीले भारत, राज्य हरियाणा, जिल्ला हिसार, ग्राम पंचायत गोबिन्द नगर थाना सदर घर हुने वर्ष २५ को कुनाल गोथ्वाल र सोही स्थानका न्यु सुवास नगर थाना सदर घर हुने वर्ष २० को मनिस कुमारलाई पक्राउ गरेको जनाएको छ ।