कृत्रिम हातखुट्टा तथा सहायक सामग्री संघको नयाँ कार्य समिति चयन – Nepal Press

कृत्रिम हातखुट्टा तथा सहायक सामग्री संघको नयाँ कार्य समिति चयन

काठमाडौं । कृत्रिम हातखुट्टा तथा सहायक सामग्री संघको तेस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाले प्रल्हाद प्रसाद पराजुलीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

निर्वाचित कार्य समितिले आगामी समयमा नेपालभर भएका अपांग जनजीवनमा एउटा आशा र भरोसाको बाटो खन्ने र सुविधा दिने सचिव सुदन बडालले जानकारी दिए ।

त्यस्तै, अध्यक्ष पराजुलीले नेपालभर भएका कृत्रिम हातखुट्टा तथा सहायक सामाग्री व्यवसायीहरुको हक हित एवम् सहायक उपकरण प्रयोगकर्ताको पहुँच सर्वसुलभ रुपमा हने कुरामा हामी लागि पर्ने बताए ।

यस्तो छ नयाँ कार्य समिति

१) प्रल्हाद प्र पराजुली :अध्यक्ष

२) पुष्प रत्न बज्राचार्य :उपाध्यक्ष

३) सुदन बडाल :सचिव

४) प्रमोद खड्का :कोषाध्यक्ष

५) शोभा बज्राचार्य :सदस्य

६) रोशन थापा :सदस्य

७) विकास दानकोटि :सदस्य

८) अन्जना के सि :सदस्य

९) हरिराम बोगटी :सदस्य


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर