राष्ट्र बैंकद्वारा मनोकामना मनिचेञ्जरको इजाजतपत्र रद्द – Nepal Press

राष्ट्र बैंकद्वारा मनोकामना मनिचेञ्जरको इजाजतपत्र रद्द

काठमाडौं । पर्साको वीरगन्जमा रहेको मनोकामना मनिचेञ्जर वीरगन्ज प्रालिको इजाजतपत्र रद्द भएको छ । नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयले यस कम्पनीको इजाजतपत्र रद्द गरेको हो ।

यस कम्पनीले भारतीय रुपैयाँ खरिद बिक्री गर्न इजाजतपत्र प्राप्त गरेको थियो । नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्था । बमोजिम यस कम्पनीको इजाजतपत्र रद्द गर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।

यस मनिचेञ्जरसँग कुनै पनि कारोबार नगर्न समेत राष्ट्र बैंकले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर