रविलाई अदालतमा उपस्थित गराइयो – Nepal Press

रविलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेकको बहसका निम्ति पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएका उनलाई आज अदालतमा उपस्थित गराइएको हो । हिजो सार्वजनिक बिदा भएका कारण बहस अगाडि बढ्न सकेको थिएन ।

आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका रविको सो दिन बयान सकिए पनि थुनछेक बहस नहुँदा न्यायिक हिरासतमा पठाइएका थिए । सोमबार थुनछेक बहस भयो । तर, जाहेरवाला पक्षका कानुन व्यवसायीको बहस सकिएन । अदालतले कार्यालय समयभन्दा बढी बहस नगराएपछि रवि पुनः न्यायिक हिरासतमा पठाइए । मंगलबार सार्वजनिक बिदा भएकाले उनी हिरासतमै राखिए । आज पुनः थुनछेक बहस निरन्तर हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर