रविको पक्षबाट चार वकिलको बहस सकियो, सरकारी वकिलको जवाफ सुरु
नेपाल प्रेस
२०८१ माघ २ गते १५:०५
काठमाडौं । सहकारी ठगी सम्वन्धि मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको तर्फबाट बहस सकिएको छ । आज भएको थुनछेक बहसमा रविको तर्फबाट चार वकिलहरुले भाग लिए ।
पूर्वमहान्यायाधीवक्ताद्वय रमन श्रेष्ठ र सुशील पन्तले खाजा समय अगाडि बहस गरेका थिए । खाजा समयपश्चात थप दुई वकिलको बहस भएको छ । उनीहरु सबैले रविलाई साधारण तारेखमा रिहा गर्न माग गरेका छन् ।
अहिले सरकारी वकिलहरुले फेरि जवाफी बहस सुरु गरेका छन् ।
प्रतिक्रिया
One thought on “रविको पक्षबाट चार वकिलको बहस सकियो, सरकारी वकिलको जवाफ सुरु”
Leave a Reply
सम्बन्धित खवर
लाज पचेपछि जहाँतही हास्न सकिन्छ ।