समाजवादी मोर्चाले माघ १६ मा काठमाडौंमा बृहत कार्यक्रम गर्ने, कार्यदलले १२ गतेभित्र प्रतिवेदन बुझाउने (भिडिओ)
काठमाडौं । समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा बृहत कार्यक्रम गर्ने भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले अब मोर्चालाई पहिले झैं निष्क्रिय हुन नदिने निष्कर्ष निकालेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।
उनले भने, ‘आजको बैठकमा मोर्चा अघि बढ्न नसक्नुको कारणबारे समीक्षा गरेका छौं । त्यसैले माघ १६ गते भव्य कार्यक्रम गरेपछि सबै प्रश्नहरुको जवाफ दिन्छ ।’
उनले गएको बैठकमा मोर्चाहरुको सबै कामको समीक्षा गरेर कार्यदलले प्रतिवेदनको तयारी अन्तिम अवस्थामा पुर्याइसकेको पनि बताए ।
प्रकाण्डले थपे, ‘कामको समीक्षा र आगामी कार्यक्रमको प्रस्ताव गर्ने जिम्मा पनि कार्यदललाई दिएको थियो । प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । आजको बैठकको समीक्षा गरेर माघ १० देखि १२ सम्ममा प्रतिवेदन फाइनल गरेर शीर्ष नेताहरुलाई हस्तान्तरण गर्छौं ।’
उनले सरकारको पछिल्लो गतिविधिको बारेमा पनि बैठकमा गम्भीर समीक्षा भएको बताए । जननिर्वाचित संसद छलेर सरकार अध्यादेशको बाटोमा निरंकुश ढंगले अघि बढ्न खोजेको हो कि भन्ने आशंका रहेको उनको भनाइ छ ।