अदालत परिसरमै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट (भिडिओ)
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमै कुटपिट भएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमा हातपात भएको हो ।
‘धक्काधक्की भएको हो, त्यस मान्छेको पहिचान गर्दैछौं’, जिल्ला प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले भने ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी प्रहरीको सुरक्षामा रहेको जिल्ला प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले बताए । ‘कसैले उहाँमाथि बुलिङ गर्न खोजेको हो, कुटपिट भएको छैन’, उनले भने ।
त्रिपाठीको सुरक्षाका निम्ति प्रहरी वृत्त सिंहदरबारका डीएसपी बेदबहादुर पौडेल आफैं खटिएका छन् ।
रविविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । न्यायाधीशले आजै आदेशको तयारी गरेका छन् । रविको मुद्दाबारे आदेश आउने भएपछि रास्वपा र रविका समर्थक अदालत आसपास बाक्लो संख्यामा उपस्थित भएका छन्।
बहस सकिएपश्चात न्यायाधीशले सबैलाई बाहिर पठाएर अहिले आदेश लेख्दैछन् ।
अदालत परिसरमा सञ्चारकर्मीलाई भित्र जान निषेध गरिएको छ । अदालत बाहिरबाट समेत भिडियो खिच्न प्रहरीले रोकेको छ ।
सामान्य हो । यिनले बाहिर चाहिनेभन्दा बढी बोलेर मानिस भड्काएका थिए । आफ्नो जे भन्नू छ वकिलको रूपमा अदालतमा भने भैहाल्छ नि । बाहिर बढी बोलेर जान्ने किन पल्टेको ?