अध्यादेशबारे प्रधानमन्त्रीको प्रष्टीकरण- राष्ट्रपतिबाट रोकियो भनेर भ्रम फैलाइयो (भिडिओ) – Nepal Press

अध्यादेशबारे प्रधानमन्त्रीको प्रष्टीकरण- राष्ट्रपतिबाट रोकियो भनेर भ्रम फैलाइयो (भिडिओ)

कांग्रेससँग एउटा अक्षरमा पनि कुनै असहमति नभएको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कानून संशोधन गर्न आवश्यक भएकाले सरकारले अध्यादेश ल्याएको बताएका छन् ।

अध्यादेशबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अहिलेको अहिलेको सरकार जनतालाई सेवा प्रवाहदेखि भ्रष्टाचार नियन्त्रण गर्नमा केन्द्रित रहेको बताए ।

उनले भने, ‘यी अध्यादेशहरू बाहिर चर्चा गरेजस्तो होइन । एकपटक अध्ययन नगरी जारी गर्नु हुँदैन । उहाँबाट रोकिए भन्ने चर्चा भयो । कति उहाँले अस्ति भ्याउनुभयो । भूमिसम्बन्धी अध्यादेश बाँकी रह्यो तर रोकियो भन्दै व्याख्या भयो ।’

उनले अध्यादेशबारे कांग्रेस सभापति शेरबहादुर देउवाको नक्कली विज्ञप्ति निकाले समेत भ्रम फैलाएकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘अध्यादेशले सबै भ्रमहरूको पर्दाफास गरेको छ । जवाफ दिएको छ । कांग्रेस र एमालेको शीर्ष तहमा सल्लाहमा सघन र विस्तृत छलफलपछि सहमतिमा अहिले अध्यादेश जारी भएको हो । सबै पक्षलाई ध्यान दिएर अध्यादेश जारी गर्नेपर्ने भएकाले बहुतै मेहनत र सावधानीसाथ अध्यादेश गरेर मन्त्रिपरिषद्ले पारित गरेर सिफारिस गरेको हो ।’

उनले कांग्रेस र एमालेले संयुक्त सरकार आफूले जनाएको प्रतिबद्धताअनुसार अघि बढेको बताए । उनले एउटा अक्षरमा पनि कुनै असहमति नरहेको जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर