अटिज्मसहित न्यूरो विकास सम्बन्धी अपाङ्गता भएकाको शिक्षामा पहुँचको लागि अन्तरक्रिया – Nepal Press

अटिज्मसहित न्यूरो विकास सम्बन्धी अपाङ्गता भएकाको शिक्षामा पहुँचको लागि अन्तरक्रिया

काठमाडौं । विश्व खाद्य कार्यक्रम नेपाल र विश्व शिक्षा नेपालको साझेदारी तथा अटिजम केयर नेपाल सोसाइटीको आयोजनामा राजधानीमा आयोजित अटिजम लगायतका न्यूरो विकास सम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरुको शिक्षामा पहुँच वृद्धिका लागि अन्तरक्रिया गोष्ठि कार्यक्रममामा बाजुराको बुढीनन्दा नगरपालिकाका प्रमुख जनक बोहोराको उपस्थिति रहेको छ ।

भौतिक विकास भन्दा मानव विकासको महत्व बढि भएकाले अटिजम लगायतका न्यूरो विकास सम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरुको शिक्षामा पहुँच वृद्दिका लागि सहकार्य एवम् सिकाइ होस् भनेर आफू काठमाडौंमा आएको प्रमुख बोहोराले बताए । आफ्नो कार्यकालमा शिक्षा र स्वास्थ क्षेत्रमा उल्लेखनिय कार्य गर्ने लक्ष्य राखेकोले यस विषयमा जोडिने अपाङ्गताको सवाललाई नजिकाबाट बुझेर नीति कार्यक्रम तथा बजेटमै समावेश गर्ने गरी आफ्नो तयारी रहेको प्रमुख बोहोराले बताए ।

न्यूरोडेवलपमेन्ट अपाङ्गता भएका बालबालिकाको पहिचान सम्बन्धी परिचयात्मक कार्यशालालाई सम्बोधन गर्दै बोहोराले आफ्नो इच्छा हुँदाहुदै पनि बजेटको अभावले यस सवालमा धेरै कार्य गर्न नसकिरहेको बताए । बजेटको अभाव भएता पनि आफ्नव तर्फबाट यस सवालमा काम गर्न कुनै कमी नरहने प्रमुख बोहोराले विश्वास व्यक्त गरेका थिए ।

अन्तरक्रिया कार्यक्रमले न्यूरोडेवलपमेन्ट अपाङ्गता भएका बालबालिकाको शिक्षाको पहुँचका लागि महत्वपूर्ण योगदान गर्ने आयोजक सस्था अटिमज केयर नेपाल सोसाइटीका अध्यक्ष डा. सुनिता मलेखु अमात्यले बताइन् ।

त्यस्तैगरी, अन्तरक्रिया कार्यक्रमलाई विश्व खाद्य कार्यक्रम नेपालका प्रतिनिधिले समावेशीताका अन्य सवालमा कार्य गरे पनि अपाङ्गता भएका विद्यार्थीहरुको सवालमा गर्न गर्न चुकेको महसुस गरी आफूहरुले अपाङ्गता भएका विद्यार्थीहरुको शिक्षामा पहुचका लागि पनि कार्य गरिरहेको बताइन् ।

त्यस्तै, विश्व शिक्षा नेपालका प्रतिनिधिले अन्य अपाङ्गताको तुलनामा न्यूरोडेवलपमेन्ट अपाङ्गता भएका बालबालिकाको शंख्या धेरै पाइने गरेकाले विश्व शिक्षाले यस सवालमा देशका विभिन्न जिल्लाहरुमा कार्य गरिरहेको बताए ।

केहि समय अगाडि न्युरोडेभलपमेन्टल अपाङ्गता परीक्षणको लागि पायलट कार्यक्रम लगेर बाजुरा पुगेको अटिजम केयर नेपाल सोसाइटीको टोलीले बाजुरामा रहेको वस्तु यथार्थलाई अन्तरक्रिया कार्यक्रममा प्रस्तुतीकरण गरेको थियो । प्रस्तुतीकरण गर्दै अटिजम केयर नेपाल सोसाइटीका निर्देशक सुरेन्द्र बझ्राचार्यले बाजुरामा शिक्षा र स्वास्थको अवस्था दयनीय रहेकाले धेरै कार्य गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा ट्रिभुवन शिक्षण अस्पतालका पूर्व प्रमुख तथा अटिजम राष्ट्रिय समितिका कार्यदल अध्यक्ष दिपक महराले कार्यदलले अटिजम न्युनिकरण साथै उनीहरुको शिक्षा स्वास्थको सवालमा महत्तवपूर्ण सुझावहरु स्वास्थ र शिक्षा मन्त्रालयलाई प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्य, शिक्षा मन्त्रालयका अधिकृत दिपक माझी, स्वावलम्वन जीवन पद्दती केन्द्र ललितपुरका अध्यक्ष भोझराज श्रेष्ठ, राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालका पूर्व अध्यक्ष किरण शिल्पकार, टिचिङ अस्पतालका प्रतिनिधि मेरिना श्रेष्ठ लगाउतको सहभागिता रहेको उक्त अन्तरक्रिया कार्यक्रममा मुख्उ रुपमा न्युरोडेब्लमेन्टल अपाङ्गताको शिक्षा र स्वास्थको सवालमा रहेका समस्याहरु र तिनिहरुको समाधानका लागि सम्बन्धित सरोकारवालाहरुको भूमिकाका विषयमा गहन छलफल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर