कांग्रेसको संसदीय दल अनुशासन समिति गठन, बडु संयोजक
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल अनुशासन समिति बनाउने निर्णय निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठकले दीलेन्द्र बडुको नेतृत्वमा समिति बनाउने निर्णय गरेको प्रमुख सचेतक श्याम घिमिरेले बताए ।
संसदीय दलको विधान अनुसार प्रत्येक संसदीय समितिमा संयोजकमा अर्थ समितिमा डा. प्रकाशरण महत, सार्वजनिक लेखा समितिमा सञ्जय गौतम र कृषि समितिमा चन्दा चौधरी मनोनयन गर्ने निर्णय गरेको पनि बताए ।
यस्तै, कांग्रेसले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालत परिसरमा भएको हातपातको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारवाही गर्न सरकारसँग माग गर्ने निर्णय गरेको पनि बताए ।