वरिष्ठ अधिवक्ता त्रिपाठीमाथिको हातपातप्रति तरुण दलकाे आपत्ति
काठमाडौं । नेपाली कांग्रेस निकट तरुण दलले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएकोप्रति आपत्ति जनाएको छ ।
अध्यक्ष विद्वान गुरुङले एक विज्ञप्ति जारी गर्दै अराजक भिडले निम्त्याएको घटना पुर्णरुपमा अलोकतान्त्रिक एवं अपराधिक क्रियाकलापमा रहेको पुष्टि हुने बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘अदालती बहस पक्ष या विपक्षमा गर्न पाउने अधिकार र स्वतन्त्रताको वर्खिलापमा भएको घटना अप्राकृतिक भएको नेपाल तरुण दल केन्द्रीय समिती ठहर गर्दछ ।’ घटनाको यथार्थ छानबिन गरि दोषीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेको छ ।
हिजो रास्वपाका सभापति रवि लामिछानेको विपक्षमा बहस गरेर फर्किने क्रममा काठमाडौं जिल्ला अदालत परिसरमै अधिवक्ता त्रिपाठीमाथि कुटपिट भएको थियो । सो घटनाप्रति आपत्ति जनाउँदै कांग्रेसले पनि दोषीलाई कारवाही गर्न सरकारसँग माग गरिसकेको छ ।