सरकार यही ढंगले अघि बढे देशमा राजनीतिक दुर्घटना हुनसक्छ : प्रचण्ड – Nepal Press

सरकार यही ढंगले अघि बढे देशमा राजनीतिक दुर्घटना हुनसक्छ : प्रचण्ड

सरकारको पछिल्ला कदमविरुद्ध भोलि विपक्षी दलहरुले काठमाडौंमा पत्रकार सम्मेलन गर्ने

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान र लोकतन्त्रको भावना विपरीत काम गरिरहेको आरोप लगाएका छन् ।

चितवनको माडीकोस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै सरकारले अलोकतान्त्रिक कदमको भोलि काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको पनि बताए ।

उनले भने, ‘अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ त्यसकारण हामी आम जनतालाई सर्तक रहन आग्रह गर्दा हामीले सदनबाट पनि संविधान, लोकतन्त्र, समावेशी र समानताको पक्षमा उभिनुपर्छ । अहिलेको उपलब्धिलाई खोस्न खोजियो भने देश राजनीतिक दुर्घटनामा जाने खतरामा हुनसक्छ । त्यसैले हामीले आ–आफ्नो ठाउँबाट आवाज उठाउँनुपर्छ ।’

उनले सदनलाई छलेर अध्यादेशमार्फत शासन गर्न खोज्नु लोकतन्त्रको मर्यादा र भावना विपरित काम भइरहेको टिप्पणी गरे ।


प्रतिक्रिया

2 thoughts on “सरकार यही ढंगले अघि बढे देशमा राजनीतिक दुर्घटना हुनसक्छ : प्रचण्ड

  1. कही कतै कसैबाट केही कुरामा पनि खतरा छैन । हावा कुरा गर्ने? देश ओलिको नेतृत्वमा विकास र प्रगतिमा क्रमश: अघि बढीरहेको छ । केबल प्रचण्ड सरकारमा जान नपाएर,कमाउन नपाएर,भरौटे पाल्न नपाएर छटपटाएको चाहिँ पक्का हो ।

  2. दिल्लीका भाडाका टट्टुहरू मात्र हुन् अहिलेको सरकार विरूद्व लाग्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर