सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन चेम्बर र आइएलओबीच छलफल – Nepal Press

सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन चेम्बर र आइएलओबीच छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र अन्तराष्ट्रिय श्रम संगठन आईएलओ बीच सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष कमलेशकुमार अग्रवाल सहितका पदाधिकारी र आईएलओ नेपालका कन्ट्री डाईरेक्टर नुमान अन्ज्यन बीच श्रमिक अधिकारबारे छलफल भएको हो ।

श्रमिकको न्यूनतम ज्यालालाई उत्पादकत्वसँग जोड्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

विश्वव्यापी रुपमा नै श्रम आप्रवासको क्षेत्रमा काम गरिरहेको संस्था आईएलओसँग चेम्बरले रोजगार, श्रमिकको उपयुक्त ज्याला, सामाजिक सुरक्षा कोषको दिगोपना लगायतका विषयमा सहकार्य अग्रवालले बताए ।

अग्रावलले भने, ‘नेपालमा करिव ८० प्रतिशत रोजगारी निजी क्षेत्रले सिर्जना गरेको र उनिहरुको हक अधिकार सुनिश्चित गर्न चेम्बर अफ कमर्स प्रतिवद्ध रहेको छ ।’

नेपालको श्रम कानुनमा रहेको व्यवस्था बदलिदो कार्यशैली र शिप आर्जनमा चुनौतीपुर्ण रहेको अध्यक्ष अग्रवालको भनाई छ ।

चेम्बर अध्यक्ष अग्रवाल सहितका पदाधिकारीसँग भएको भेटमा आईएलओका कन्ट्रि डाईरेक्टर अन्ज्यनले रोजगार दाता र श्रमिक दुवैसँग प्रभावकारी समन्वय गरेर आइएलओले काम गरिरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *